back
CTIZAN AD

टिभिएसले सार्वजनिक गर्‍याे नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

वि.सं.२०७९ कात्तिक ३ बिहीवार

750 

shares

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ रेस ‘एक्सपी’ नेपालमा सार्वजनिक गरेको छ। टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बुधबार भृकुटीमण्डपमा बाईक तथा स्कुटर एक्सचेन्ज मेलाकाे बीच नयाँ स्कुटरको सार्वजनिक गरेको हो। टिभिएसको ब्राण्ड एम्बेस्डर प्रदिप खड्का र स्वस्तिमा खड्काले संयुक्त रुपमा स्कुटर सार्वजनिक गरेका छन्।

टिभिएस स्मार्ट एक्सनेट कनेक्टभिटी प्लाटफर्मसहितको लन्चसँगै स्कुटर उद्योगमा छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको कम्पनीको जिकिर छ।

यसमा मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एड्जस्टमेन्ट र डएिनडीलगायत अन्य थुप्रै कनेक्टभिटी अप्सनहरु समावेश गरिएको छ। यसमा १२५ सीसी सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर उपलब्ध रहेको कम्पनीले जनाएको छ। ट्राइ-टोन कलर रमि सहित उपलब्ध यो स्कुटरको मूल्य कम्पनीले ३ लाख १५ हजार ९०० रुपैयाँ तोकेको छ।

असोज ३१ गतेबाट राजधानीमा आयोजित मेला कात्तिक गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ । मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने छन् ।

मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा ७ हजार बढीको मूल्य पाउने छन् ।

यस्तै नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुटको पनि व्यवस्था छ । यो योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

वि.सं.२०७९ कात्तिक ३ बिहीवार १७:४४ मा प्रकाशित

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष...

अब बिल लिँदा दैनिक लाखौँ लाख उपहार पाइने

अब बिल लिँदा दैनिक लाखौँ लाख उपहार पाइने

काठमाडौं । अब वस्तु तथा सेवा खरिद गर्दा बिल लिने...

नेपाल–स्पेनबीच व्यापार र लगानी विस्तारको तयारी, दुई चेम्बरबीच एमओयू हुने

नेपाल–स्पेनबीच व्यापार र लगानी विस्तारको तयारी, दुई चेम्बरबीच एमओयू हुने

काठमाडौं । नेपाल र स्पेनबीच व्यापार, लगानी तथा निजी क्षेत्रको...