
मोहन गौतम,सिक्किम
कसैको छु सुन्दै छ टन्नै यहाँ खरखजाना
कसैको कमाइ हुँदैन फगत चार आना
जहाँ काम गर्थे हटाए अकारण मलाई
यहाँ आजदेखि भयो बन्द यो कारखाना
विपद्मा परेको छु आऊ सगाऊ मलाई
सहारा म पाऊँ तुरुन्तै नगर्नू बहाना
बुडा बाबू आमा बनेछन् छोराका कमारा
सुने पाप लाग्ने अचम्मै भयो यो जमाना
छुट्यो साथ मातेर लोग्ने फरेबी भयो झन्
थियो उच्चकोटीको तिनको तथापी घराना
बहर : मुतकारिव मुसम्मन दुहुम
अर्कान :१२२,१२२, १२२, १२२, १२२