back
CTIZAN AD

गजल

वि.सं.२०७९ कात्तिक ५ शनिवार

831 

shares

मोहन गौतम,सिक्किम

कसैको छु सुन्दै छ टन्नै यहाँ खरखजाना
कसैको कमाइ हुँदैन फगत चार आना

जहाँ काम गर्थे हटाए अकारण मलाई
यहाँ आजदेखि भयो बन्द यो कारखाना

विपद्मा परेको छु आऊ सगाऊ मलाई
सहारा म पाऊँ तुरुन्तै नगर्नू बहाना

बुडा बाबू आमा बनेछन् छोराका कमारा
सुने पाप लाग्ने अचम्मै भयो यो जमाना

छुट्यो साथ मातेर लोग्ने फरेबी भयो झन्
थियो उच्चकोटीको तिनको तथापी घराना

बहर : मुतकारिव मुसम्मन दुहुम
अर्कान :१२२,१२२, १२२, १२२, १२२

 

वि.सं.२०७९ कात्तिक ५ शनिवार ०९:२७ मा प्रकाशित

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...