पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती–३,काभ्रे
१
हिउँ चुलेर
धर्ती मगमग छ
फूल फुलेर ।
२
सम्झी रुनु छ
आँशुले मनलाई
आफैं धुनु छ ।
३
औठीं चिनु छ
सम्झेर मायालाई
चिनो दिनु छ ।
४
धान झुलेर
किसान मख्ख परे
दिल खुलेर ।
५
गाउँ तिमाल
घुम्न जाउँ साथी हो
हाँस्यो हिमाल ।
६
पानी खोलामा
के नै छ र लैजानु
मर्ने चोलामा ।
७
दिन्छु कोसेली
मायालाई सम्झना
मिठो सुसेली ।
८
वारी पारीमा
बाँदरलाई मस्ती
मकै बारीमा ।
९
खुशी भएर
हाँसखेल गरौन
सँगै गएर ।
१०
कोईली चरी
बैशाख महिनामा
रुन्छे बेस्सरी ।
वि.सं.२०७९ कात्तिक ५ शनिवार ०९:२९ मा प्रकाशित






























