काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भोली कार्तिक १७ गते बिहिबार आईपिओ बाँडफाँड हुने भएको हो ।
कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिकी खुला गरेको थियो । कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणका लागि ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको हो । बाँकि रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यबस्था गरिएको हो ।
यस अघि कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको आईपिओ असोज ९ गते आइतबार बाँडफाँड गरेको थियो । कम्पनीले भदौ ७ गतेदेखि भदौ २८ गतेसम्म भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्काशन गरेको थियो । कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ ।
वि.सं.२०७९ कात्तिक १६ बुधवार १४:३८ मा प्रकाशित



























