back
CTIZAN AD

कोरोना बीमा भुक्तानी : पुनर्बीमासहित केही कम्पनीका शेयरधनीको हातखाली हुने

वि.सं.२०७९ कात्तिक २१ सोमवार

960 

shares

काठमाडौं । लामो समयसम्म रोकिएको कोरोना बीमाको दावी भुक्तानीको लागि अर्थमन्त्रालयले रकम निकासा गरेको छ । सोसँगै बीमितहरुलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गरिने भएको छ । सरकार, बीमा समिति, बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी मिलेर कोरोनाको बीमितहरुलाई दाबी भुक्तानी गर्ने भएका हुन् । भुक्तानी प्रकृयामा सरकारको ५५ प्रतिशत, बीमा समितिको ८ प्रतिशत, बीमा कम्पनीहरुको २५ प्रतिशत र बाँकी १२ प्रतिशत नेपाल रिको रहने भएको छ ।

कोरोना बीमा भुक्तानी प्रकृयामा सबैभन्दा बढी भार पुनर्बीमा कम्पनीलाई पर्ने देखिन्छ । मर्जमा गई एकीकृत कारोबार गरिसकेका कम्पनीले दुबै कम्पनीको तिर्नुपर्ने भएकाले उक्त कम्पनीलाई पनि भुक्तानी प्रकृयामा बढी भार पर्ने देखिएको छ । दावी भुक्तानीको सन्दर्भमा सरकार आफ्नो प्रतिवद्धताअनुसार अगाडि नबढेको कम्पनीहरुले गुनासो गरेका छन् ।

कम्पनीहरुको नाफामा असर परेपनि बीमितले दावी भुक्तानी पाउनु राम्रो विषय भएको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीको प्रतिक्रिया छ । कोरोना बीमा मापदण्ड, २०७७ अनुसार सरकारले आफ्नो दायित्व अनुसारको रकम निकासा नगर्दा सो क्षेत्रमा असर परेको उनले बताएका छन् ।

कोरोना बीमाका बीमितलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न रहेको छ । तर सरकारले अहिले १ अर्ब रुपैयाँ मात्रै निकासा गरेको छ । त्यसमा बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र सबै कम्पनीहरुले थपेको रकम सहित एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने भने त्यसपछि ९ अर्ब रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहन्छ । दावी भुक्तानीको पहिलो किस्ता र अन्य बाँकी भुक्तानी गर्दा निर्जीवन कम्पनीहरुको २ वर्षको नाफामा असर पर्ने देखिएको छ । जुन असरका कारण ती कम्पनीमा लगानी गर्नेहरुले आगामी २ वर्षसम्म लाभांश नपाउने अनुमान गरिएको छ ।

दावी भुक्तानी प्रकृया कसरी कार्यान्वयन गर्ने भन्ने विषयको मोडालिटी अर्थ मन्त्रालयले नै तय गरेको छ । अहिले तय भएको मोडालिटीअनुसार दावी भुक्तानी गर्दा पहिलो प्राथमिकता व्यक्तिगत बीमितलाई दिइने जनाइएको छ । सो मध्ये पनि पहिला दावी गर्नेहरुलाई पहिला भुक्तानी गर्ने र पछि दावी गर्नेहरुलाई पछि भुक्तानी गर्ने तयारी भइरहेको छ । व्यक्तिगत दावी भुक्तानीपछि संस्थागत रुपमा बीमा गरी दावी गरिएका र निजामती कर्मचारीहरुलाई भुक्तानी गरिने जनाइएको छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार १२:१२ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...