back
CTIZAN AD

नेपाली समाज कतारको ठुलो हिस्सा नेपाली जनप्रगतिशिल मञ्चमा ध्रुवीकरण

वि.सं.२०७९ कात्तिक २१ सोमवार

1.1K 

shares

दोहा, कतार । नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगरको नेतृत्वमा अन्य पदाधिकारी सहितको ठुलो हिस्सा नेपाली जनप्रगतिशिल मञ्च कतारमा ध्रुवीकरण भएको छ ।

शुक्रबार नेपाली जनप्रगतिशिल मञ्च कतारले आयोजना गरेको एक कार्यक्रमका बिच मञ्चका पश्चिम एसिया क्षेत्रीय समितिका अध्यक्ष शनि कुमार वलीले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन् ।

नेपाली समाज जनता समाजवादी पार्टीको प्रवास संगठन हो भने नेपाली जनप्रगतिशिल मञ्च नेकपा माओवादी केन्द्रको प्रवास संगठन हो ।

कार्यक्रममा बोल्दै नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया क्षेत्रीय समितिका अध्यक्ष शनि कुमार वलिले परिवर्तनकारी शक्तिहरु बिभाजित हुँदा माओवादी जनयुद्धको जगमा प्राप्त उपलब्धि गुम्ने खतरा बढेको भन्दै पुनः सबै शक्ति एकाकार भएर अगाडि बढनुपर्ने बताए ।

No description available.

उनले केपी वलीको नेतृत्वमा पटकपटक परिवर्तनलाई उल्टाउने प्रयास भएकोले गणतन्त्रको रक्षाका खातिर लोकतान्त्रिक शक्ति बीच गठबन्धन भएको भन्दै गणतन्त्रको रक्षाको निम्ति आफुहरु जस्तोसुकै परिस्थिति सामान गर्न तयार रहेको बताए ।

वलिले वर्तमान संविधान पुर्ण नभएको र आफ्ना फरकमत रहेतापनी तत्कालीन अवस्थामा यसलाई सदुपयोग गरेर नै प्राप्त उपलब्धि संस्थागत गरेर अगाडि बढनुपर्ने बताए ।

कार्यक्रममा ध्रुवीकित भएर आएका नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगरले नेतृत्वले कार्यकर्ताको भावना बिपरित परिवर्तन बिरोधिसँग गठबन्धन गरेर अगाडि बढेपछि नेपालको परिवर्तनको मुख्य शक्ति माओवादी भएकोले आफुहरुले यहि पार्टी रोजेको बताए ।

No description available.

पुनले विगतम फरक पार्टीमा भएपनि एजेन्डाका हिसाब यही पार्टीसंग नजिक रहेकोले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी सहभागीता जस्ता परिवर्तनका खातिर आफ्नो साहदत दिएका सम्पूर्ण सहिदहरुको सपना पूरा गर्न आफ्नो तर्फबाट लाग्ने बताए ।

कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च पश्चिम एसिया क्षेत्रीय समितिका सल्लाहकार श्रीकृष्ण भट्टराई, जैवी राई तथा गजेन्द्र राइले लगायतले मन्तव्य राखेका थिए ।

No description available.

नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगर, उप–महासचिव गजेन्द्र खालिङ्ग राई, सह–कोषाध्यक्ष एक्का प्रसाद तामाङ योगेन्द्र, धर्म राज राई, सांस्कृतिक उपसंयोजक बिज्ञान राई, ईन्द्र तामाङ, बिनोद राना, बाबुराम थापा, आसा राई, प्रकृति राई, सल्लाहकार बाबुलाल महतो, सनक बम्जन, नैन भुजेल, भिम बहादुर नेपाली, सन्तोष राना, दावा शेर्पा, नर बहादुर राई, निरु राई, मदन दास, दृष्टि महर्जन, राम कुमार राई, बिबश लिम्बू, गुरुदेव चौधरी, राम बहादुर तामाङ, आइवी बाईवा, गौतम मोक्तान, नर मान स्यान्ताल, फूर्वा तामाङ, युव राज योन्जन, दावा ग्याम्बा तामाङ, मेग बहादुर मगर, लाल बहादुर गोले, अनिता राई, अस्मिता राई,दिपेन्द्र सरदार लगायत चालिस बढीको समुह नेपाली जनप्रगतिशील मंचमा प्रवेश गरेका हुन् ।

No description available.

नेपाली जनप्रगतिशिल मंचले ध्रुवीकरण अभियानबाट जोडिएका प्रकाश आले मगरलाई उपाध्यक्ष, गजेन्द्र खालिङ्ग राईलाई उप–महासचिव, बिनोद रानामगरलाई खेलकुद बिभागको सह–संयोजक, बिज्ञान राईलाई सांस्कृतिक बिभाग सह–संयोजक र बाबुलाल महतोलाई सल्लाहकारमा मनोनीत गरिएको र अन्यलाई आगामी बैठक मार्फत जिम्मेवारी दिइने मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले बताए ।

यस्तै मञ्चमा रिक्त रहेको उपाध्यक्ष पदमा मञ्चकै युवा संयोजक नेत्र प्रसाद आचार्यलाई मनोनित गरिएको छ ।

कार्यक्रमको समापन गर्दै नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले कतारमा बैचारिक संगठनले पनि सामाजिक कार्य गर्ने हुँदा कतारमा स्थापित सम्पुर्ण संघ–संस्थाहरुमा पार्टीका आस्थावानहरुलाई उल्लेखिनिय सहभागिता जनाउनुपर्ने बताए । पार्टीका हजारौं शहिदले जनयुद्धमा बलिदानी गरेर अहिलेको परिवर्तन सम्भव भएको भन्दै सबै परिवर्तन पक्षधर फेरि एकजुट हुनुपर्ने बताए ।

सो कार्यक्रम स्वागत उपाध्यक्ष सद्दाम हुसेनले र सन्चालन महासचिव माहमुद कार्कीले गरेका थिए ।

 

वि.सं.२०७९ कात्तिक २१ सोमवार १२:१८ मा प्रकाशित

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...