back
CTIZAN AD

‘एपी वान टेलिभिजन’ सुभारम्भ

वि.सं.२०७३ चैत १९ शनिवार

843 

shares

१९ चैत, काठमाडौँ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित ‘एपी वान टेलिभिजन’ शुक्रबारबाट औपचारिक रुपमा प्रसारणमा आएको छ ।

उक्त टिभीको यहाँ आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सुभारम्भ गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालमा भएको राजनीतिक परिवर्तन र जागरणसँगै मिडियाको क्षेत्रमा पनि तीब्र विकास भएको बताउनुभयो ।
मिडियाले तराई, पहाड, हिमाल तथा विभिन्न जातजाति, क्षेत्र, वर्ग र संसारभरी छरिएका नेपालीलाई एकताबद्ध गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रधानमन्त्री दाहालले देशमा आएको परिवर्तनलाई संस्थागत गर्न राजनीतिक सङ्क्रमणको अन्त्य गरी आर्थिक विकास गर्न पनि सबै जुट्नुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले संविधानको स्वीकार्यता बढाउँदै त्यसको कार्यान्वयन गरी राजनीतिक स्थिरता कायम गरी देशको आर्थिक विकास गर्न निर्वाचन एउटा महत्वपूर्ण कडी भएको बताउनुभयो ।

नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सञ्चार माध्यमको भीडमा अहिलेको आवश्यकतालाई ध्यान दिँदै मिडिया सञ्चालन गरिएको र मुलुकको आर्थिक विकासमा भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

वि.सं.२०७३ चैत १९ शनिवार ०२:४५ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...