१९ चैत, काठमाडौँ । कञ्चनजङ्घा पर्यटन प्रवद्र्धन केन्द्रद्धारा हिमाल आरोही तीन महिलालाई शुक्रबार यहाँ सम्मान गरिएको छ ।
यहाँ आयोजित कार्यक्रममा ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा र दोलखाकी दावा याङजुङ शेर्पालाई सम्मान गरिएको हो । उहाँहरुले सगरमाथा र केटु हिमाल सफलतापूर्वक आरोहण गर्नुभएको र यही चैत २५ गते कञ्चनजङ्घाको आरोहण गर्दै हुनुहुन्छ ।
नेपाल पर्यटन बोर्डका प्रबन्धक लेखनाथ भुसाल, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पालगायतले हिमाल आरोहणका क्षेत्रबाट नेपालको पर्यटन प्रवद्र्धनमा उहाँहरुले ठूलो योगदान पु¥याएको बताउनुभयो । केन्द्रका अध्यक्ष पिके शेर्पाले हिमाल आरोहणले विश्वमा सम्पूर्ण नेपालीको गौरव बढाउने विश्वास व्यक्त गर्नुभयो ।
वि.सं.२०७३ चैत १९ शनिवार ०२:४८ मा प्रकाशित






























