back
CTIZAN AD

बाजुराका तीन किसानलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार

वि.सं.२०७३ चैत १९ शनिवार

756 

shares

१९ चैत, बाजुरा । चालु आवमा कृषि क्षेत्रको उत्पादनमा योगदान पु¥याएबापत यहाँका तीन कृषक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् ।

उनीहरुलाई रु १० हजारका दरले सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय बाजुराले जनाएको छ । यस वर्ष आव ०७३÷०७४ का लागि बूढीगङ्गा नगरपालिका–६ का काशीराम पाध्याय, बडिमालिका नगरपालिका–२ का मदनराज पण्डित र छेडेदह गाउँपालिका–६ का दया नाथ शुक्रबार समापन भएको बृहत् कृषि तथा खाद्य मेलामा सम्मानित भएको जिल्ला कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

जिल्ला सदरमुकाम मार्तडीमा बिहीबारदेखि सुरु भएको मेलामा सहभागी एक सय ५४ कृषकमध्ये २१ जना अन्य कृषक पनि विभिन्न सात विधामा पुरस्कृत भएको जिल्ला कृषि विकास कार्यालयका मीनप्रसाद जैशीले बताउनुभयो । फलफूल, दलहन, मसला, आलु, तरकारी, खाद्यान्न र विविध बाली गरी सात विधामा उनीहरुलाई प्रतिस्पर्धा गराइएको थियो ।
सबैमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कृषकलाई प्रमाणपत्रसहित क्रमशः रु एक हजार, रु सात सय, रु पाँच सय र रु तीन सय नगदसहित पुरस्कृत गरिएको थियो । सो अवसरमा एक सय २३ बालीका बीउ पनि सङ्कलन गरिएको थियो ।

वि.सं.२०७३ चैत १९ शनिवार ०२:५४ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...