back
CTIZAN AD

लघुकथा : स्वार्थी माया

वि.सं.२०७९ कात्तिक २६ शनिवार

1.6K 

shares

तिलक तारामी ‘रेशाली’,बुटवल, रुपन्देही

‘मलाई के सोंचेको छौ, हँ तिमीले ? तिमी जस्तो आवारा र बेरोजगार केटोसँग मैले बिहे गर्ने ?’ निकिताले राजनको प्रस्ताव ठाडै अस्वीकार गरी ।

राजनले निकितालाई हृदयदेखि नै सच्चा माया गथ्र्यो । उसको मायामा कुनै स्वार्थ थिएन् । निकिताले उसको प्रस्ताव अस्वीकार गरेपछि चित्त दुखाउँदै घर फर्कियो ।
रातीको दुई बजे मोबाइलको घण्टी बज्यो । आँखा मिच्दै फोन उठायो । निकिताको फोन रहेछ ।

ऊ बोल्न थाली, ‘हेल्लो, राजन ! मलाई माफ गर है ! मैले तिम्रो चित्त दुखाएँ । म तिमी बिना बाँच्न सक्दिन्। तिमीले मलाई अपनाउँछौ नि ?’

राजन खुसी हुँदै बोल्यो, ‘धन्यवाद, निकिता ! आखिर मेरो प्रस्ताव स्वीकार ग¥यौ । किन, चित्त दुखाउनु ?’

राजनले आफ्नै मनलाई सोध्यो, ‘हैन, अचम्म भो त ! एकाएक कसरी फेरियो उसको मन ?’

भोलिपल्ट विहान राजनलाई आफ्नै साथी बिर्खेले फोन ग¥यो, ‘ल, तँलाई धेरै धेरै बधाई छ !’

‘हैन, के को बधाई भन्छ यो ?’ राजनले अनभिज्ञता प्रकट ग¥यो ।

प्रतिउत्तरमा बिर्खे बोल्यो, ‘डिभी चिठ्ठाको नतिजा आएछ । नेटमा हेर न ! तँलाई परेछ नि !’

वि.सं.२०७९ कात्तिक २६ शनिवार ०८:५६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...