तिलक तारामी ‘रेशाली’,बुटवल, रुपन्देही
‘मलाई के सोंचेको छौ, हँ तिमीले ? तिमी जस्तो आवारा र बेरोजगार केटोसँग मैले बिहे गर्ने ?’ निकिताले राजनको प्रस्ताव ठाडै अस्वीकार गरी ।
राजनले निकितालाई हृदयदेखि नै सच्चा माया गथ्र्यो । उसको मायामा कुनै स्वार्थ थिएन् । निकिताले उसको प्रस्ताव अस्वीकार गरेपछि चित्त दुखाउँदै घर फर्कियो ।
रातीको दुई बजे मोबाइलको घण्टी बज्यो । आँखा मिच्दै फोन उठायो । निकिताको फोन रहेछ ।
ऊ बोल्न थाली, ‘हेल्लो, राजन ! मलाई माफ गर है ! मैले तिम्रो चित्त दुखाएँ । म तिमी बिना बाँच्न सक्दिन्। तिमीले मलाई अपनाउँछौ नि ?’
राजन खुसी हुँदै बोल्यो, ‘धन्यवाद, निकिता ! आखिर मेरो प्रस्ताव स्वीकार ग¥यौ । किन, चित्त दुखाउनु ?’
राजनले आफ्नै मनलाई सोध्यो, ‘हैन, अचम्म भो त ! एकाएक कसरी फेरियो उसको मन ?’
भोलिपल्ट विहान राजनलाई आफ्नै साथी बिर्खेले फोन ग¥यो, ‘ल, तँलाई धेरै धेरै बधाई छ !’
‘हैन, के को बधाई भन्छ यो ?’ राजनले अनभिज्ञता प्रकट ग¥यो ।
प्रतिउत्तरमा बिर्खे बोल्यो, ‘डिभी चिठ्ठाको नतिजा आएछ । नेटमा हेर न ! तँलाई परेछ नि !’
वि.सं.२०७९ कात्तिक २६ शनिवार ०८:५६ मा प्रकाशित






























