
भुपाल बहादुर अधिकारी, रामपुर, बिराटनगर
सोचे मैले तिम्रो माया सागर भन्दा गहिरो
यस्तो सोच्दा सोच्दै गयो घर मुनी पहिरो
छैन भन्थ्यो अरु कोही तिमी भन्दा जाती
तर कोही भेट्न आउछ किन राती राती
जुनी भरि तिम्रै हुन्छु भन्थ्यो मन्दिर पसी
क्षणमै मलाई जिल्ल पार्छौ कालो मोसो धसी
तिमी मेरो भन्दै थियौं फूल चढाएर
हाँस्दै थिए सँगी साथी गोरु लडाएर
तिम्रो माया पनि हेर काँडा माथि फूल भो
बारम्बार घोची रने तिखा तिखा शुल भो