back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ कात्तिक २६ शनिवार

780 

shares

निर्मल रमण पराजुली, सामाखुशी, काठमाडौँ


चुनाब आयो नेता आउलान्, चिल्ला कुरा गर्दै गाउँमा
सोझा जनता मख्ख पार्दै, पैसा बाड्लान ठाउँ ठाउँमा
बहिष्कार गरौ यस्ता नेता, जस्ले राष्ट्र खोक्रो पारि
हाम्रो स्वाभिमान बेचिसके लम्पसार परी बिदेशिको पाउमा ..


बा ले भोट दिने बेलादेखि, चुनाब लड्ने दलहरु
अझै पनि चुनाब लडदैछन्, देखाई सारा बलहरु
राम्रो काम गर्नु छैन सन्तति, कै भबिश्य डुब्ने गरि
भित्र भित्रै गरे यिनले कति, मुटु दुख्ने छलहरु ..


चुनाब आयो चल्न थाल्यो, जताततै भोटको कुरा
नेता नेता होड बाजीमा, गर्दैछन् नोटको कुरा
भोट माग्न आउनेसङ्ग एउटा, कुरा पक्कै गर्नु होला
सिटामोलको अभाब हुँदा, भोग्नु पर्ने चोटको कुरा….


देशलाई माया गर्ने मान्छे, राजनीतिमा आउनु पर्छ्
स्वच्छ छवि भय मात्र, देश हाक्न पाउनुपर्छ्
देश र जनता सबै भुली, आफ्नै स्वार्थ पूरा गर्ने
जनता मिली यस्ता नेता, सबै पाखा लाउनु पर्छ …


यो देशका प्रत्येक सन्तानलाई, देशको मायाँ हुनुपर्छ
देशलाई कतै चोट लाग्दा, उसको मन रुनुपर्छ
एकातिर संसारको सुख, अर्कोतिर माटो राखि
के रोज्छस् भनि सोध्दा, ऊसले माटो छुनुपर्छ..

 

वि.सं.२०७९ कात्तिक २६ शनिवार ०९:०५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...