back
CTIZAN AD

मल्ल र बिष्टको उपस्थितिमा न्यूयोर्कमा अन्तरक्रिया

वि.सं.२०७३ चैत १९ शनिवार

798 

shares

malla-ra-bista-in-usa
न्यूयोर्क यहि मार्च ३० तारिक २०१७ बिहिवारका दिन नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता डा सुरेश मल्ल र अछामका पूर्व सांसद एवं काँग्रेस नेता रामबहादुर बिष्ट संग नेपालको वर्तमान समसामयिक राजनितिक अवस्थाका बारेमा एक अनौपचारिक अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

सदा भन्दा फरक ढाँचाले संन्चालन गरेको उक्त कार्यक्रममा दुवै नेताले अहिले काँग्रेस भित्र गुटको राजनिति बढी हाभी भएको भन्दै त्यसबाट काँग्रेसलाई जोगाउँनु पर्ने धारणा राखेका थिए । दुईखालेअतिवादी बिचारका कारण अहिले मुलुकले समस्या झेलिरहेको यो अवस्थामा निकासका लागि काँग्रेसको मध्यमार्गी बिचार सर्वोकृष्ट भएको समेत नेता द्वयले राखेका थिए । देशमा लोकतन्त्र खतरामा पर्दा, प्रवासी नेपालीहरूले लोकतन्त्रलाई जोगाउँनका निमित्त खेलेको भूमिकाको स्मरण गर्दै, नेताहरूले उच्च सम्मान समेत व्यक्त गरेका थिए । विदेशमा बस्ने नेपालीहरूले प्राप्त गरेको ज्ञान, सिप र सम्पति सबै कुराको खाँचो र आवश्यकता यतिवेला मुलुकलाई भएकाले सकेको सहयोग देशलाई गर्न समेत नेताद्वयले उपस्थित सबैलाई अनुरोध गरेका थिए ।

अन्त्यमा दुवै नेताले छोटो समयका बावजुद कार्यक्रमको आयोजना गरिदिएकोमा न्यूयोर्क च्याप्टर र न्यूयोर्कवासी नेपालीलाई आभार प्रकट गर्दै  धन्यवाद व्यक्त गरेका थिए ।

नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, संगठन विभाग प्रमुख वेद प्रसाद खरेल, पूर्व संयोजक विष्णु सुवेदी, केन्द्रीय सदस्य सुवास तामांग, पूर्व महासमिति सदस्य बीरेन्द्र मानन्धर, एनआरएनका उपसभापति बन्दना कोईराला, केन्द्रीय सदस्य हरीश चन्द्र हमाल, च्याप्टरका सचिव रामहरी अधिकारी, दिलेन्द्र रावल, संजिव श्रेष्ठ, मकेन्द्र बहादुर सिंह लगायतको उक्त कार्यक्रममा उपस्थिती रहेको थियो ।

न्यूयोर्क शहरको कुईन्स बोरोमा अवस्थित मालिडंगो नेपाली रेष्टुरेन्टमा आयोजना गरीएको सो कार्यक्रमको संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी च्याप्टरका उप(सभापति अमर तामांगले सम्मालेका थिए । च्याप्टरका सभापति रोशन ढुंगनाले भने आफ्नो कार्य व्यस्थताका कारण उपस्थित हुन नसकेको कुरा अतिथि द्वयलाई टेलिफोन मार्फत जानकारी गराउँदै आफ्नो कुरा राखेका थिए ।

वि.सं.२०७३ चैत १९ शनिवार ०८:३१ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...