back
CTIZAN AD

संघीयता देशले धान्न सक्दैन, यसको औचित्य सकियो–महासचिव विप्लव

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

651 

shares

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा हाल अभ्यास भइरहेको संघीयताको औचित्य सकिएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले शुक्रबार कपिलवस्तुमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा महासचिव विप्लवले यस्तो टिप्पणी गरेका हुन् ।

विप्लवले नेपालमा अहिले अभ्यास भइरहेको संघीयताभन्दा जनताको समानुपातिक संघीयताको खाँचो रहेको बताउँदै भने –’मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणामले अहिलेका दलहरूको औचित्य पनि सकिएको पुष्टि गरेको छ’, उनले भने, ’अझ बढ्दो आर्थिक संकटले मुलुक कमजोर अवस्थामा पुगिसकेको छ ।’

पछिल्ला दिनमा देश आर्थिक संकटमा पुगेकोप्रति औल्याउँदै महासचिव विप्लवले देशमा विशेष आर्थिक कार्यक्रम नल्याउने हो भने देश श्रीलंकाभन्दा ठूलो संकटमा जाकिने समेत उनले बताए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पार्टीसँग गरेको गरेको तीनबुँदे सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै उनले रोष प्रकट गरेका थिए ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा विप्लव लगायतका केही साना पार्टीले निर्वाचन वहिष्कार गरेका थिए ।

वि.सं.२०७९ मंसिर २३ शुक्रवार १४:१६ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...