back
CTIZAN AD

‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७८’ आचार्यको रुइबा’ लाई

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

1.1K 

shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ’को ‘भाषा तथा साहित्य समिति’ले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित प्रदान गर्दै आएको ’अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ यो वर्ष चेतनाथ आचार्यको ‘रुइबा’ लाई प्रदान गरिने भएको छ ।

पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो भने यो वर्ष आचार्यको ‘रुइबा’ ले पाउने भएको हो ।

अरनिको पुरस्कार व्यवस्थापन समितिले वि. सं. २०७८ भरिमा प्रकाशित भएका गैरअवासीय नेपाली लेखकका कृतिहरूमध्ये चीनमा स्थायी बसोवास गर्दै आएका साहित्यकार चेतनाथ आचार्यद्वारा लिखित ’रुइबा’ नामक कृतिलाई वर्ष २०७८ को ’अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।

तामाङ समुदायप्रति आधारित यस कृतिमा लेखकले तामाङ पात्र र परिवेश मार्फत् गहन विषयलाई पाठकमाझ प्रस्तुत गरेका छन् ।

उपन्यासमा ’न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारीका नाममा कसरी निमुखा ब्यक्तिहरूलाई कहालीलाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा निकै प्रखर रूपमा यस कृतिमा उद्घाटित गरिएको छ । यो उपन्यासले एउटा महत्त्वपूर्ण मुद्दालाई आधिकारिक किसिमले उठाएको छ ।

पुरस्कृत कृति ’रूइबा’ का लेखक चेतनाथ अधिकारीलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच यो पुरस्कार प्रदान गरिने बताइएको छ ।

यसअघि समितिले पुरस्कारका लागि प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो जसमा चेतनाथ आचार्यको ’रूइबा’ का अतिरिक्त नगेन्द्र न्यौपानेको ’बर्मा र थाइल्यान्डभित्र नेपाल’ (नियात्रा सङ्ग्रह), अजित उत्सवको ‘आकाश गंगाको किनार’ (कविता सङ्ग्रह), दीपा मेवाहाङ्ग राईको ‘यादको सन्दुक’ (कविता सङ्ग्रह) र नरेश राईको ‘तेप्लायु’ (कविता सङ्ग्रह) संलग्न थिए ।

बिहीबार सम्पन्न सङ्घको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समिति’ को बैठकले उक्त सिफारिससँगै पुरस्कारका लागि ’रूइबा’ लाई अनुमोदन गरेको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यबस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।

वि.सं.२०७९ मंसिर २३ शुक्रवार १४:३७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...