काठमाडौं । सानिमा बैंकका ग्राहकले ‘दराज १२.१२’ योजनामा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सो मात्राको विशेष छुट पाउने भएका छन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् एक हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम् १ हजार २१२ रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर संकलन गरी खरीद गर्नुपर्नेछ । यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ मंसिर २६ देखि पुस ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।
वि.सं.२०७९ मंसिर २६ सोमवार ०८:०६ मा प्रकाशित





























