back
CTIZAN AD

राष्ट्रिय सहकारी बैंकको निर्वाचन कार्यतालिका सार्वजनिक

वि.सं.२०७९ मंसिर २६ सोमवार

942 

shares

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी पुस १६ मा हुने १९ औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ सञ्चालक समिति र लेखासुुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ ।

यसअघि पुस ११ गते पहिलोपटक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको बैंकले आइतबार दोस्रोपटक बैंकको वेबसाइट मार्फत निर्वाचन सम्बन्धी विस्तृत जानकारी सहितको कार्यतालिका सार्वजनिक गरेको हो ।

बैंकको निर्वाचन उपसमितिका संयोजक अधिवक्ता सुमन पौडेलले जानकारी दिए । निर्वाचन उपसमितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ५ गतेदेखि १८ गतेसम्म निर्वाचनको समय तोकिएको छ ।

तालिका अनुसार पुस ५ गते मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारी पत्र वितरण गर्ने जस्ता कार्यक्रम रहेका छन्, पुस ६ गते उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन, उम्मेदवारी सूचीउपरको दाबी–विरोध, दरखास्त, दाबी–विरोधको छानबिन र उम्मेदवारी उपर परेको उजुरीको निर्णय (नामावली प्रकाशन) गर्ने रहेको छ, पुस ७ गते उम्मेदवारी फिर्ता र अन्तिम उम्मेदवारी सूची प्रकाशन र पुस १६ गते सातै प्रदेशमा हुने इकाइ सभामा ११ः ३० बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम राखिएको छ ।

त्यसै गरी साँझ ५ बजे देखी मतपेटिका संकलन/संग्रह, र मतगणना गर्ने, पुस १७ गते बिहान १० बजे निर्वाचन उपसमितिको बैठक बस्ने, पुस १८ गते बिहान ११ बजे निर्वाचन परिणामको घोषणा गर्ने र दिउँसो १ बजे निर्वाचित अध्यक्ष तथा सञ्चालक सदस्यहरूको शपथ ग्रहण तथा प्रमाण–पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन उपसमितिले जनाएको छ ।

वि.सं.२०७९ मंसिर २६ सोमवार ०८:१७ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...