काठमाडौं । धनुषामा धारिलो हतियार प्रहारबाट सुतिरहेकी महिलाको हत्या भएको छ ।
धनुषाको बटेश्वर गाँउपालिका ५ शान्तिपुरकी २७ वर्षीया अमृता यादवको घरमा सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोहि समय महिलाका श्रीमान पनि घरमै रहेको र उनले बिहान ४ बजेतिर नकाबधारी अज्ञात समूह घरभित्र आएर श्रीमतीको हत्या गरेको प्रहरीलाई बताएका छन् । प्रहरीले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०७९ मंसिर २६ सोमवार ०९:३१ मा प्रकाशित






























