back
CTIZAN AD

तपाईको आज मंसिर २७ गते मंगलबारको राशिफल भन्छ–आज यी ६ राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७९ मंसिर २७ मंगलवार

867 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। ढिलासुस्ती गर्ने बानीले पनि समस्या निम्त्याउनेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवादमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ। आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन्।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ। मिहिनेतले केही काम गर्न सकिनेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। आयस्रोत कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुनेछ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ। परिबन्धले काममा बाधा पुर्याउनेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

२०७९ मंसिर २७ गते, मंगलवार, (१३ डिसेम्बर २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज मंसिर २६ गते सोमबारको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त विशेष लाभ ?

वि.सं.२०७९ मंसिर २७ मंगलवार ०७:०८ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...