back
CTIZAN AD

सास गनाएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहाेस् उपचार

वि.सं.२०७९ पुस १ शुक्रवार

1.1K 

shares

काठमाडाैं । कतिपय मानिसहरू सास गन्हाएर हैरानमा हुन्छन् । उनीहरूकाे सास गन्हाउने समस्याले उनीहरू भन्दा अरूलार्इ असर गर्छ । जसकाे कारण उनीहरूकाे वरिपरि काेही पर्न नै मान्दैनन् । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ ।

सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । खानपिन नमिलेर पनि यसो हुन सक्छ । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ । तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट मुक्ति दिन्छन् ।

जान्नुहाेस् यसरी गर्न सकिन्छ उपचार

१ ग्रीन टी

ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ ।

२ बेस्सरी पानी पिउनुस्

पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।

३ ल्वाङ र सूप

ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।

४ कागतीको रस

एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।

५ हरियो अलैंची

अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ । एजेन्सीबाट

वि.सं.२०७९ पुस १ शुक्रवार १२:२१ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...