back
CTIZAN AD

बालकविता : सुन्दर सानो देश छ मेरो

वि.सं.२०७९ पुस २ शनिवार

1.4K 

shares

मचिन्द्र खत्री धरान, सुनसरी

कल्कल कोसी, बग्दछ पानी
झर्दछ पग्ली श्वेत हिमानी ।
लाग्दछ चाँदी उत्तर घेरो
सुन्दर सानो देश छ मेरो ।।१

नूतन झर्ना दिव्य मुहान
कञ्चन शोभा साँझ बिहान ।
साल र सल्लो जङ्गल फेरो
सुन्दर सानो देश छ मेरो ।।२

लेक र बेँसी खेत र बारी
भीर र पाखा जङ्गल घारी ।
जीवन मार्दै बित्दछ फेरो
सुन्दर सानो देश छ मेरो ।।३

उड्दछ डाँफे शैलुङ सोती
चर्दछ सेता ऊ हिउँ मोती ।
भर्दछ पानी तुङ्ग पँधेरो
सुन्दर सानो देश छ मेरो ।।४

टल्टल लाग्ने घाम छ तातो
झल्झल आभा फाल्दछ रातो ।
नास्दछ सारा रात अँध्यारो
सुन्दर सानो देश छ मेरो ।।५

बाहुन शेर्पा दाजु र भाइ
एक छ अर्को हात समाई ।
भन्दछ थारू साँझ सबेरो
सुन्दर सानो देश छ मेरो ।।६

राष्ट्र भएमा मात्र सबै छौँ
जात र मान्छे एक सबै हौँ ।
गौरव गर्दै उड्छ चमेरो
सुन्दर सानो देश छ मेरो ।।७

चर्दछ चौँरी लेक हिमाल
भर्दछ शोभा शैल र ताल ।
लाउँछ आफ्नो जीवन फेरो
सुन्दर सानो देश छ मेरो ।।८

फुल्दछ रातो फूल गुराँस
छर्दछ मीठो दिव्य सुवास ।
पाउँछ आभा झल्झल फेरो
सुन्दर सानो देश छ मेरो ।।९

शास्त्रीय छन्द : रुक्मवती
सुत्र : भमसग

 

वि.सं.२०७९ पुस २ शनिवार ०८:२३ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...