back
CTIZAN AD

कविता : भोगको सतरन्ज

वि.सं.२०७९ पुस २ शनिवार

1.2K 

shares

बाबुराम न्यौपाने “उत्स“
दमक, झापा

हरेक क्रान्तिको पटाङ्गिनीमा
संविधान लेखिन्छ
कतै, रगतको रातो मसीले
कतै, गाढा नीलो मसीले ।

समुन्द्रको लहर समान
जनलहरको उफान उठ्छ
गगनभेदी नारा
उरालिन्छ
जयजयकारको स्वरले
सारा धर्ती हल्लाउँछ ।

फेरि
अर्को भीड जम्मा हुन्छ
चौरास्तामा संविधान जलाउछ
सार्वजनिक स्थलमा
धुजाधुजा बनाएर च्यात्छ
तर किन
कोही जलाउदैनन्
गरिबीको स्वर्णमहल
कोही किन च्यात्दैनन्
उल्टो हिंड्ने बिद्रोहका स्वरहरु ।

जंगबहादुर चिहानबाट उठेर
मिर्मिरे बिहानीको दोछायामा
हातले सुनको छडी घुमाउदै
उसरीनै
रिसल्लाहरु अगिपछि लगाएर
नयाँ सडकमा
निस्फिक्री, ठमठम हिंडिरहेका छन् ।

सहोदर दाजुको टाउको
सुनको किस्तिमा सजाएर
बाबु, शाहजहाँलाई उपहार दिने
औरंगजेब
गद्दीको अपारदर्शी छायाँमा छेलिएर
प्रेमको परिभाषा बदल्छ
ताजमहलको पोखरीका
कृतिम फोहरामा
आँसुका चिसा छालहरु उठ्छन् ।

चंगेज खाँ, हिटलर, मुसोलिनी
कहाँ मरेका छन् र
नादिरशाह, मुहमद गोरी,रासपुटीनहरु
गोप्य खोपीमा
षड्यन्त्रको तानाबाना बुनिरहेका छन् ।

जंगबहादुर चिहानबाट उठेर
मिर्मिरे बिहानीको दोछायामा
हातले सुनको छडी घुमाउदै
उसरीनै
रिसल्लाहरु अगिपछि लगाएर
नयाँ सडकमा
निस्फिक्री, ठमठम हिंडिरहेका छन् ।

कलमको नीवमा चेतना घोटेर
दुनियाँको
कथा लेख्ने सिपाहीहरु

पसिना बगाउँने ज्यामीहरु भने
चरम भोगको सतरन्जमा लागेको
डढेलो निभाउँन
आफ्नू भोकको स्वर्ग जलाएर
अर्को कथाको लागि
लोकतन्त्रको धमिलो क्यानभासमा
‘नयाँ स्क्रिप्ट’ कोरिरहेका छन्।

 

वि.सं.२०७९ पुस २ शनिवार ०८:२५ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...