back
CTIZAN AD

लघुकथाः अलमल्ल गोत्र

वि.सं.२०७९ पुस २ शनिवार

1K 

shares

टंकबहादुर आलेमगर,त्रियुगा नपा, उदयपुर

कसैलाई पर्खिरहेको एकजोर नयन ।

चरा आकार हत्था रहेको घङरुको लौरो चिउडोमा अड्याएर कतै हराएकी भक्ति आमा ।

चाइनेजो थेगो राख्ने बुबाको छोरो छिट्टै आउछु भनि छोडेर गएको फर्केर आएन । हरेक नयाँ छोरो मान्छेको आगमन हुँदा नजिकै गएर चस्मा पुछेर हेर्नु हन्थ्यो ।

’आयाया !!!!’ आश्रमकै जेठा बुबाको सुस्केरा घुँएत्रियो पल्लो कोठा बाट ।

‘छुइ आमा हा हा’ भन्दै थपेनी आमा नाच्न थाल्छिन् । वर्ष बित्यो उहाँको दिमाग अस्वस्थ बनेको ।

फुस्रो मुहारहरूमा बुढो रूखमा सुनाखरी फक्रे झैँ देखिन्थे । थकित घुँडो र ढाड तन्काएर धनुषाकारबाट अलिकति सोझिने प्रयास गर्दै थिए ।

आज पनि एकजना दानी मान्छे आउदै छन् भन्ने सूचना बिहानै प्रसार भइसकेको थियो ।

मीठा मीठा खानाको पाकेट सँगै न्यानो लुगा प्राप्तिले वृद्ध आश्राम प्रफुल्लित बनेको थियो ।

हिँड्न अगाडि दाताले चुनावी पम्प्लेट बाड्दै भन्यो ’बुबा आमा !!! म देश बनाउन यो चिह्न लिएर यो क्षेत्रबाट उठेको छु । मलाई तपाईंहरूले स्वस्तिक छाप ठोकेर आशिष् दिनु होला ।’

अलिक पर हरियो झोला बोकेर, लौरोको भरमा थर्थराइ रहेकी आमा फुस्फुसाइन् ’तिमी समेत आशिष् माग्न आउने सात जना भए । भोलि पनि कुन पार्टीको मान्छे आउने अरे । खै कसलाई दिने ? अलमल्ल गोत्र ।’

वि.सं.२०७९ पुस २ शनिवार ०८:२९ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...