back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ पुस २ शनिवार

894 

shares

श्रीकृष्ण शर्मा, पोखरा


थियौ असल
संस्कृतिको दियो हौ
मिठो फसल ।


कीर्ति प्रबल
वाङ्मय हुन् पुरुष
तारा उज्वल ।


तिम्रो पौरख
भाषा धर्म संस्कृति
थियौ गौरव ।


गयौ छोडेर
नेपालीका मनमा
बस्छौ रमेर ।


जड शरीर
ढल्यो तर मनमा
बस्छौ के पिर ।


इच्छा छ हाम्रो
बास रहोस् स्वर्गमा
नहोस् नराम्रो ।


तारा अस्तायो
संस्कृतिको आकाश
कालो बनायो ।


गोर्खा कुदल
मत्थर भो आतङ्क
रक्षा मण्डल ।


सत्य मोहन
साहित्यमा अटल
राख्यौ त्यो मन ।

१०
घुम्छौँ वनमा
तिम्रै कर्म कला छन्
हाम्रा मनमा ।

शताब्दी वाङ्मय पुरुष स्व.सत्यमोहन जोशी प्रति समर्पित

वि.सं.२०७९ पुस २ शनिवार ०८:३३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...