back
CTIZAN AD

मुक्तक

वि.सं.२०७९ पुस २ शनिवार

1.3K 

shares

अनिल भण्डारी उदाश,मंगलसेन, अछाम


सायद गरेरै होला मेरो हेला आइरहन्छ
हेर्न फुटेका पैतला र हत्केला आइरहन्छ
बिर्सिने फर्की नआउने त्यै सुखले मात्र हो
यो दुःख अभाव त बेलाबेला आइरहन्छ


पिडाको गोदाममा ताल्चा लगाउनु पर्छ
आफ्नो मनलाई आफैले सम्झाउनु पर्छ
दुश्मनलाई जलाउनकै लागि भए पनि
ओठमा भने झुटो मुस्कान देखाउनु पर्छ


अलपत्र पारेर मलाई दुर गएकी मान्छे
लाखौं सपना सजाई दुर गएकी मान्छे
अझ फेरि कल गरेर हैरान् बनाउछे यार
अर्काको सिंदुर लगाई दुर गएकी मान्छे


यो मन दुखाई दुखाई दिनैपर्छ होला
खुसीको ढोका लगाई दिनैपर्छ होला
सधै सताउन सफल भईस ए जिन्दगी
अब मैले तलाई बधाई दिनैपर्छ होला


बेलाबेला दुःख सुख साट्ने पनि हुनुपर्छ
बार्ता गर्दै दिमाक चाट्ने पनि हुनु पर्छ
माया मात्र दिए हामी बिग्रन बेर लाग्दैन
साथी भनेका कुरा काट्ने पनि हुनुपर्छ

वि.सं.२०७९ पुस २ शनिवार ०८:३४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...