back
CTIZAN AD

गजल

वि.सं.२०७९ पुस २ शनिवार

1.1K 

shares

सीता शर्मा ’शीत’, सिक्किम, भारत

खुशी र प्रेमको कतै बहार हुन्छ जिन्दगी,
व्यथा र दर्दले कसैको भार हुन्छ जिन्दगी,

फरक यहाँ व्यथा सबै कहानी भिन्न भिन्न छन्,
नपाई भेट्न लक्ष्य नै किनार हुन्छ जिन्दगी,

कतै छ जन्मको खुशी, कतै विवाह भोज रे
र रोगले कतै त लम्पसार हुन्छ जिन्दगी

लिएर साथ आइयो त जन्मदा मरण पनि,
भुलेर स्वार्थ प्राप्तिकै हतार हुन्छ जिन्दगी,

न धर्म कर्म क्यै भयो, न मार्ग मोक्षको मिल्यो,
सदैव रम्न मोजमा तयार हुन्छ जिन्दगी

बहर : हजज मुसम्मन मकबुज
अर्कान : १२१२ १२१२ १२१२ १२१२

 

वि.सं.२०७९ पुस २ शनिवार ०८:३५ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...