back
CTIZAN AD

लमजुङे कवि सुवेदीको निधन

वि.सं.२०७३ चैत २१ सोमवार

750 

shares

२१ चैत,काठमाडौँ  । प्रकृतिका पुजारी तथा राष्ट्रप्रेमी लमजुङे कवि मेदिनीनाथ सुवेदीको काठमाडांँ कलङ्कीस्थित उहाँको आफ्नै निवासमा निधन भएकोे छ । उहाँ ७९ वर्षको हुनुहुन्थ्यो ।

सुवेदीका आफन्तसमेत रहनुभएका डा. जीवन अधिकारीले सुवेदीको आइतबार साँझ निधन भएको बताउनुभयो । विगत चार वर्षदेखि मस्तिष्कघातका कारण थला पर्नुभएका सुवेदीको आज पशुपति आर्यघाटमा हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको उहाँकी छोरी गीता सुवेदीले बताउनुभयो ।

विसं १९९५ कात्तिक २ गते लमजुङको सिम्पानी–९ जन्मिनुभएका सुवेदीको छन्दबद्ध कवितामा अलङ्कार र रसको ओझिलो सङ्गम रहेको छ ।

उहाँका ‘मस्र्याङ्दीका सुसेली’, ‘मेदिनीको समस्याको कुटुरो’, ‘डाँफेदूत’ (खण्डकाव्य), ‘लमजुङे सुवेदीका कविता’ लगायत दर्जनौँ फुटकर कविता प्रकाशित छन् भने गद्यतर्फ ‘आँखीझ्यालबाट डिल्लीजङ्गलाई हेर्दा’ (अप्रकाशित) कृति रहेका छन् । रासस

वि.सं.२०७३ चैत २१ सोमवार १३:२६ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...