back
CTIZAN AD

वातावरणीय सेवा शुल्क लिएकोमा इप्पानले आपत्ति जनायो

वि.सं.२०७३ चैत २२ मंगलवार

834 

shares

२२ चैत, काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)ले ऊर्जा सङ्कटकाल कार्ययोजनाको प्रावधान विपरीत गएर वन तथा भूसंरक्षण मन्त्रालयले वातावरणीय सेवा शुल्क लिएको भन्दै आपत्ति जनाएको छ ।

इप्पानले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत साल सरकारद्वारा मिति स्वीकृत राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकाससम्बन्धी अवधारणा पत्र, २०७२ ले व्यवस्था गरेअनुसार आयोजना विकास सम्झौतामा स्पष्ट व्यवस्था गरिएको बाहेक वन तथा भू–संरक्षण मन्त्रालयबाट लगाइआएको सो सेवा शुल्क गत साउनदेखि खारेज भएको थियो ।

खोज भएको शुल्क पुनः वन तथा भूसरंक्षण मन्त्रालयले लगाएको भन्दै इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले आपत्ति प्रकट गर्नुभयो । गत साउनमा तत्कालीन वन सचिव उदयचन्द्र ठाकुरले सचिवस्तरीय निर्णय गरी सो व्यवस्था हटाउनुभएको थियो ।

अध्यक्ष गुरागाईले मन्त्रालयअन्तर्गत वन उद्यम तथा व्यवस्थापन महाशाखाद्वारा केही जलविद्युत् प्रवद्र्धकलाई पत्राचार गरी वातावरणीय सेवाशुल्क रकमको व्यवस्थापनको लागि पत्राचार गरिएको र ऊर्जा उद्यमीलाई हतोत्साहित गर्न खोजिएको बताउनुभयो ।

“एकपटक निर्णय भई कार्यान्वयनमा आएका विषयलाई पुनःउठाउनु भनेको हाल जलविद्युत् क्षेत्रमा देखिएको चुस्तता एवम् कार्यदिशालाई निरुत्साहित गर्न खोजेको देखिन्छ । मन्त्रालयले यस बिषयमा पहिलेको निर्णयलाई कार्यान्वयन गरी उक्त कदम फिर्ता लिन अनुरोध गर्दछ”–इप्पानले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस नोटमा उल्लेख छ ।

जलविद्युत् आयोजनाले आयोजनाका भौतिक संरचना निर्माण गर्नको लागि आवश्यक वन क्षेत्रको जग्गा लिजमा लिएबापत सोही परिणामको जग्गा शोधभर्ना दिनु पर्ने व्यवस्था रहेकाले सोबापत जलविद्युत् प्रवद्र्धकले सरकारद्वारा न्यूनतम मूल्याङ्कित रकम उपलब्ध गराए पुग्ने व्यवस्था लागू गर्न अनुरोध गरेको छ । ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक अवधारणापत्र र कार्ययोजना, २०७२ ले समेत वन क्षेत्रको जग्गा लिजमा लिएबापत जग्गा शोधभर्ना हटाउने व्यवस्था गरेको छ ।

आयोजना निर्माणका क्रममा काट्नुपर्ने वनका रुखका सम्वन्धमा आयोजनाको स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भएबमोजिमको वनको रुख कटान एवम् वनको जग्गा लिजमा लिने प्रक्रिया सरलीकृत गर्नसमेत इप्पानले आग्रह गरेको छ ।

वि.सं.२०७३ चैत २२ मंगलवार ०३:१३ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...