back
CTIZAN AD

लघुबीमाको क्षेत्र फराकिलो बन्दै, शेयर बजारमा पनि लगानी गर्न पाउने

वि.सं.२०७९ पुस ४ सोमवार

720 

shares

काठमाडौं । लघुबीमा कम्पनीले शेयर बजारमा लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले लघुजीवन तथा निर्जीवन बीमकको लगानी निर्देशिका जारी गर्दै लघुबीमा सम्बन्धी सीमा निर्धारण गरेको हो । प्राधिकरणले निर्धारण गरेको क्षेत्रमा शेयर बजारसँगै लघुबीमा कम्पनीहरुले अन्य आठ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका हुन् ।

निर्देशिकामा लघुबीमा कम्पनीहरुलाई विभिन्न क्षेत्रमा लगानी गर्न शर्तसहित सीमा समेत तोकिएको छ । लघुबीमा व्यवसाय सञ्चालन गर्ने जीवन र निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा कम्तीमा पाँच प्रतिशतभन्दा बढी लगानी गर्न पाउने भएका हुन् ।

धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कूल लगानीको बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाइने सीमा निर्देशिकामा गरिएको छ । कम्पनीहरुले ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति र शेयर बजारमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउनेछन् ।

ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति र नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा भने कम्पनीहरुले बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने सीमाको निर्धारण निर्देशिकामा गरिएको छ । तर, लघुबीमा कम्पनीहरुले अन्य सहायक कम्पनीमा लगानी गर्नुअघि भने प्राधिकरणको स्वीकृति लिनु पर्ने हुन्छ ।

लघुबीमा कम्पनीहरुले लगानीको सीमालाई प्रत्येक दिन कायम गर्नुपर्ने हुन्छ । कुनै कारणले तोकिएको सीमाभन्दा कम वा बढी लगानी भएमा तीस कार्यदिनभित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याई सक्नु पर्ने हुन्छ । तर, मुद्दति निक्षेप वा डिबेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी तोकिएको निर्देशन बमोजिम भएको मानिने समेत प्राधिकरणले खुलाएको छ ।

लघुबीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा निश्चित शर्त पालना गर्नुपनर्ने हुन्छ । कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा कम्तीमा तीन वटा शर्त पालना गर्नुपर्ने छ । राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, तोकेको सीमाभन्दा बढी निष्कृय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारवाहीमा नपरेको हुनुपर्ने छ ।

वि.सं.२०७९ पुस ४ सोमवार १२:२५ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...