back
CTIZAN AD

रास्वपाका महामन्त्री ढकालले विधि मिचेर कर्मचारी र प्रिन्सीपललाई सांसद बनाएको आरोप

वि.सं.२०७९ पुस ५ मंगलवार

804 

shares

काठमाडौं । ६ महिना अगाडि पार्टी घोषणा गरेर गत मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट प्रत्यक्ष तथा समानुपाति गरी २० जना सांसद निर्वाचित भएको राष्ट्रिय स्वतन्त्र पार्टी संस्थागत नहुँदै बेथितितर्फ गएको आरोप लागेको छ ।

रास्वपाकै केन्द्रीय सदस्य तथा प्रेस संयोजक गणेश कार्कीले पार्टीभित्र भइरहेको बेथिति बारे एपीवान टिभीमा अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् । गत निर्वाचनमा पार्टीको समानुपातिक सूचीमा परेका कार्कीले पार्टीका वरिष्ठहरुले विधि मिचेका कारण सांसद हुन नपाएको गुनासो गर्दै आएका छन् ।

सातवर्ष नर्र्वेमा बसेर फर्किएपछि रास्वपाको राजनीतिमा होमिएका वतावरण विज्ञसमेत रहेका कार्कीले पार्टीका महामन्त्री मुकुल ढकालले निर्वाचनका लागि काम गर्न नियुक्ति गरिएकी निशा डाँगी र आफू अध्ययनरत कलेजकी प्रिन्सीपल डा. चन्दा कार्कीलाई समानुपातिक सांसद बनाएर पार्टीभित्र आफ्ना र नातावाद ल्याएको आरोप लगाएका छन् ।

‘पार्टीभित्रको विधि किन एकजनाको लागि मात्र मिचियो भन्दा निशा डाँगी हाम्रो महामन्त्रीको कर्मचारी, पार्टीमा उहाँ कर्मचारीको हैसियतमा आउनु भएको र उहाँलाई मुकुलजीले निर्वाचनका लागि काम गर्ने मान्छे पुगेन भनेर ल्याउनु भएको हो,’अन्तर्वार्ताका क्रममा कार्कीले भनेका छन्, ‘कर्मचारी त्यो ठाउँमा पुग्नु हाम्रो लागि राम्रो कुरा हो । तर त्यसमा स्वार्थ बाझियो । मुकुलजीको आफ्नो मान्छे नभएको भए त्यो कर्मचारी त्यहाँ पुग्थ्यो त ? हाम्रो विधि अनुसार महिलातर्फको काटिएर पुरुषतर्फको मान्छे जानु पर्दथ्यो ।’

उनले ढकालले आफू अध्ययनरत कलेजकी प्रिन्सीपल डा. चन्दा कार्कीलाई पनि समानुपातिक सांसद बनाएको आरोप लगाएका छन् ।

‘डा. चन्दा कार्कीलाई ल्याउँदा विधि मिचिएको छैन तर हामीले जे भन्दै आएका थियौं, नाताबादबाट पर हुने र स्वार्थ बाँझिने कुराबाट पर हुन्छौं भनिरहेका थियौं । त्यो विधि त्यहाँ पनि मिचिएको छ । किनकी उहाँ प्रिन्सीपल, उहाँ कसरी पार्टीमा आउनु भयो भन्ने पनि पछि थाहा भयो,’ कार्कीले भनेका छन्, ‘कार्की, उहाँले एमबीबीएस गर्दाखेरीको कलेजको प्रिन्सीपल हुनुहुन्छ ।’

अन्य ठूला दलहरुभित्रको बेथिति विरुद्ध आवाज उठाउने र त्यसका विरुद्ध लड्ने बताउँदै आएका सो पार्टीका सभापति रवि लामिछानेले महामन्त्रीका अनुसार काम गर्ने भएकाले पार्टीभित्र बेथिति मौलाउँदै गएको पनि कार्कीको आरोप छ । कार्कीले अहिले नै यस्था बेथिति अंगाल्दै गयो भने पुराना दलकै ठाउँमा पुर्याउने बताए ।

वि.सं.२०७९ पुस ५ मंगलवार ०८:४८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...