back
CTIZAN AD

तरलता अभाव र ब्याजदर वृद्धिको प्रभाव : भएका उद्योग समस्यामा, नयाँ खुल्नै छाडे

वि.सं.२०७९ पुस ५ मंगलवार

738 

shares

काठमाडौं । लगानीयोग्य तरलता अभाव र उच्च ब्याजदरको प्रभाव उद्योग तथा व्यवसायमा देखिन थालेको छ । जसले गर्दा भएका उद्योग तथा व्यवसाय समस्यामा पर्न थालेका छन् भने नयाँमा लगानीको लागि पुँजी जुट्न गाह्रो हुन थालेको छ ।

नेपाल उद्योग परिसंघको एक अध्ययनअनुसार पछिल्लो समय करिब ६९.४४ प्रतिशत व्यवसायीहरु उद्योग व्यवसायमा थप लगानीबाट पछि हटेका छन् । परिसंघको अध्ययनअनुसार कृषि क्षेत्रमा ८५.७१, अटोमोबाइल क्षेत्रमा १ सय, सिमेन्ट उत्पादन क्षेत्रमा, ८३.३, इन्जिनियरिङ र निर्माण कम्पनी क्षेत्रमा ७१.४, ई–कमर्स क्षेत्रमा ५०, एफसीजी क्षेत्रमा ४१.७, एपलपीजी ग्यासमा ५०, आइटी क्षेत्रमा ४५.५ र अन्य क्षेत्रमा ७२.२ प्रतिशत उद्यमीहरु व्यवसायमा थप लगानीबाट पछि हटेका छन् ।

त्यस्तै, प्लास्टिक क्षेत्रमा ८०, रियल स्टेट क्षेत्रमा ४०, एसएमईज क्षेत्रमा ४२.९, स्टिल क्षेत्रमा ८५.७ र गार्मेन्ट क्षेत्रमा ८५.७ प्रतिशत उद्यमीहरु व्यवसायमा थप लगानी गर्नबाट पछि हटेको अध्ययनले देखाएको छ ।

पछिल्लो समयमा बजारमा कच्चा पदार्थको औसत मूल्यमा २३ प्रतिशतले वृद्धि भएको छ भने र बैंकिङ ब्याजदर वृद्धि भएर १४ प्रतिशत भन्दा बढी पुगेको छ । जसले गर्दा सम्भावित मुनाफा र लगानीको अन्तर खुम्चिँदै गएको कारण लगानीकर्ताहरु आफ्नो उद्यम तथा व्यवसायमा थप लगानीबाट पछि हटेका हुन् ।

उद्योग विभागको तथ्यांकअनुसार पनि मंसिर महिनामा ठूलो मात्रामा लगानी घट्न पुगेको छ । गत वर्षको मंसिर महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा ६६.३८ प्रतिशतले घटेको विभागको तथ्यांकले देखाएको छ ।

गत वर्षको मंसिरमा देशभर १८ वटा उद्योगले १६ अर्ब ९८ करोड १९ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका थिए । तर, चालु आर्थिक वर्षको सोही अवधिमा १० वटा उद्योगले ५ अर्ब ७० करोड ९३ लाख रुपैयाँको लगानी प्रतिबद्धता सहित दर्ता भएका छन् ।

त्यस्तै, गत वर्षको मंसिर महिनामा ७ वटा ठूला, ७ वटा मध्यम र ४ वटा साना उद्योग दर्ता भएका थिए । त्यसमध्ये ४ वटा विदेशी लगानीका उद्योग दर्ता भएका थिए ।

वि.सं.२०७९ पुस ५ मंगलवार १३:३६ मा प्रकाशित

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...