back
CTIZAN AD

माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज खानद्धारा राजीनामा

वि.सं.२०७९ पुस ५ मंगलवार

807 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खान मुसलमानले राजीनामा दिएका छन् ।

मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्जसमेत रहेका खानले निर्वाचनमा पार्टीका तर्फबाट रुपन्देही जिल्लाबाट एकजनालाई पनि सांसदमा निर्वाचित गराउन नसकेको तथा समानुपातिकमा पनि सन्तोषजनक परिणाम नआएको भन्दै राजीनामा दिएका हुन् ।

प्रतिनिधि सभामा मुस्लिम कलस्टर कोटा पनि ‘कोल्याप्स’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका खानले नैतिकताका आधारमा पनि पदमा बसिरहन असहज भएको भन्दै जिल्ला इन्चार्ज तथा मुस्लिम मुक्ति मोर्चाको इन्चार्ज पदबाट राजीनामा दिएको प्रेस वक्तव्यमा उल्लेख गरेका छन् ।

खानले आफ्नो राजीनामाबाट पार्टी तथा मुस्लिम मुक्ति मोर्चा नेपालमा आवद्ध सबै सदस्यमा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेका छन् ।
नेकपा माओवादी केन्द्रले गत मंसीर ४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार रहेका एमालेका पूर्वनेता घनश्याम भुसाललाई समर्थन गरेको थियो । तर भुसाल एमालेका सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

मंसरी ४ गते सम्पन्न् निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट क्षेत्र नं २ को (२) मा प्रदेश सभा सांसदको उम्मेदवार रहेका वामदेव क्षेत्री र ५ को (१) मा प्रदेश सभा सांसदको उम्मेदवार रहेका विनोद पहाडि दुवैजना पराजित भएका थिए ।

वि.सं.२०७९ पुस ५ मंगलवार १४:४० मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...