back
CTIZAN AD

नयाँ सरकार गठनका लागि दिइएको समयसीमा आज सकिदैँ, गठबन्धनमा जुटला त सहमति ?

वि.सं.२०७९ पुस १० आइतवार

867 

shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम, दलहरुको संसदीय दलको नेता चयन, सांसदहरु सपथ ग्रहण पछि अव दलहरु नयाँ सरकारको गठनको तयारीमा रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ३ गते ७ दिनभित्रमा नयाँ सरकार बनाउनका लागि दिएको समयसीमा आज साँझ पाँचबजे सकिदैछ । राष्ट्रपति भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर नयाँ सरकार गठन गर्न गरेको आव्हान अनुसार सत्ता गठबन्धन दलभित्र पटक–पटक छलफल र संवाद भएपनि उनीहरु प्रधानमन्त्री र राष्ट्रपति कुन दलको बन्ने भन्ने विषयमा टुंगोमा पुग्न सकेका छैनन् । यद्यपी नेपाली कांग्रेसका सांसदहरुले पहिलो प्रधानमन्त्री सभापति शेरबहादुर देउवा नै बन्नुपर्ने दावी गर्दै आएका छन् भने गठबन्धनको बैठकमा पनि कांग्रेसका शिर्ष नेताहरुले प्रधानमन्त्री राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्ने अडान लिँदै आएको श्रोतले जनाएको छ ।

शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका दलहरुको बैठकमा कांग्रेस, माओवादी, एकिकृत समाजवादी पार्टीका क्रमश शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्री बन्ने विषयमा निर्णय भएपनि पहिलो प्रधानमन्त्री को बन्ने भन्ने विषयमा टुंगो लगाउन सकिएको छैन ।

यता संसदको दोस्रो ठूलो दल नेकपा एमाले सरकार गठनको औपचारिक तयारीमा जुट्न सकेको छैन् भने गठबन्धनका दलहरु आज बिहान बैठक बसेर पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने भन्ने विषयमा टुंगो लगाउने बताइएको छ । यद्यपी आज बिहान गठबन्धनको बैठक बस्ने भनिएपनि बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

वि.सं.२०७९ पुस १० आइतवार ०९:३७ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...