back
CTIZAN AD

कांग्रेस र माओवादी पूर्ववत् अडानमै, गठबन्धन धरापमा

वि.सं.२०७९ पुस १० आइतवार

840 

shares

काठमाडौं ।  सत्ता साझेदार दलहरु निर्णायक छलफलमा छन् । तर, दलहरुबीच सहमति हुने विषय निकै सकसपूर्णं देखिएको छ । गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र पूर्ववत् अडानमै रहेका कारण सहमति सहज नदेखिएको हो ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद सुरक्षित गर्न खोजेको छ भने माओवादी केन्द्रले दुईमध्ये एकमा आफ्नो दाबी गरेको छ । माओवादी केन्द्रले दुईमध्ये एक पद नपाए सहमति नगर्ने अडान राखेको छ ।

माओवादी केन्द्रका नेता गणेश शाहले बताएअनुसार राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसले नछाडे गठबन्धन नै भत्किन सक्छ । “राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसले पाउने अवस्था हुन्न, यदि दुईमध्ये एक पद छाड्ने स्थिति नभएमा सहमति हुँदैन”, उनले भनेका छन्, “त्यस्तो अवस्थामा गठबन्धन नरहन सक्छ ।”

कांग्रेसको भने दुवै पद लिने र अरुमा खुला हुने बटमलाइन छ । गठबन्धन बैठकअघि कांग्रेसका नेता विमेलन्द्र निधिले खुमलटारमै पुगेर देउवाको अडान स्पष्ट गरेका थिए । उनले गठबन्धन कायमै राख्नुपर्ने तर, दुई पद कांग्रेसलाई नै दिनुपर्ने बताएका थिए ।

एमालेसँग बेग्लै छलफलमा माओवादी

कांग्रेससँग छलफलमा रहेको माओवादी केन्द्र एमालेसँग पनि निरन्तर छलफलमै छन् । माओवादी केन्द्रका नेता वर्षमान पुनलगायतका नेताहरु एमालेसँगको वार्तामा छन् । यदि कांग्रेससँग सहमति नभए एमालेसँग सहमति गर्ने माओवादी गरेको छ ।

तर, माओवादीका नेता शाहले बताएअनुसार एमालेसँग पनि सहमतिको सम्भावना कम छ । एमालेले पनि राष्ट्रपति र सभामुखमा अडान राखेको छ । जुन दुवै पद दिँदा असहज हुने माओवादीको निक्र्योल छ ।

“यदि एमालेले दुवै पद राख्ने अवस्था बन्यो भने सहमति हुन सक्दैन”, उनले भनेका छन्, “दुवै महत्वपूर्णं पद राख्दा यसअघिकै नियति दोहोरिन सक्छ ।”

वि.सं.२०७९ पुस १० आइतवार १३:०१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...