काठमाडौं । गैरआवासीय नेपाली संघले विश्व साईकलयात्री ज्ञान महर्जनलाई साईकल हस्तान्तरण गरेको छ ।
संघकी कार्यकारी अध्यक्ष रविना थापा र एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय सचिव एवं आईसिसि सदस्य प्रदिप न्यौपानेले संयुक्तरुपमा महर्जनलाई विश्व भ्रमणको लागि साईकल हस्तान्तरण गरेका हुन् ।
उक्त साईकल, संघको पहलमा एनसिसि चीनले उपलब्ध गराएको संघले जानकारी दिएको छ ।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा संघकी कार्यकारी अध्यक्ष थापाले संघले नेपालको पर्यटन प्रबद्र्धनमा गरेका कार्यहरु बारे जानकारी गराएकी थिइन् । थापाले नेपालका प्रभावशाली व्यक्तित्वहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेका बताइन् ।
उनले विश्व साईकलयात्री महर्जनको मिशनलाई थप सहयोग गर्न एनसिसि चीनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै अब हुन लागेको यात्रा शुखमय र फलदायी रहोस् भनेर कामना गरेकी थिइन् ।
संघको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय सचिव प्रदीप न्यौपानेले आफ्नो मन्तब्य राख्दै नेपालको पर्यटन प्रबद्र्धनमा एनसिसि चीनले गरेको सकारात्मक कार्यका लागि आभार प्रकट गरेका थिए । उनले गैरआवासीय नेपाली संघ र एनसिसि चीनको झण्डा सहित विश्वभ्रमण गर्न लागेकोमा विश्व साईकलयात्री महर्जनलाई सफल यात्राको शुभकामना दिएका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रवक्ता एवं पर्यटन प्रबद्र्धन समितिका सभापति सोम सापकोटाले संघले विभिन्न कालखण्डमा विभिन्न माध्यमबाट नेपालको पर्यटन प्रबद्र्धनमा गरेका गतिविधिहरु बारे जानकारी गराउदै विश्वसाईकल यात्री महर्जनले आफ्नो यात्राका दौरान नेपालको पर्यटन प्रबद्र्धनका साथै ग्लोबल वार्मिङबारे सन्देश फैलाउने योजनाको प्रशंस गरेका थिए ।
संघका सचिव गोविन्द प्रसाद गौंतमले विश्वसाईकलयात्री महर्जनले ग्लोबल वार्मिङ क्याम्पेनका साथै नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्य लिएर सन् २०१३ मा चीनको ग्रेटवालदेखि साईकाल यात्रा सुरु गरेर हालसम्म १५ वटा मुलुकमा यात्रा गरेको र आगामी जनवरी १५ देखी एशियाका विभिन्न मुलुकका साथै युरोपको भ्रमण गर्न लागेको जानकारी गराएका थिए ।
कार्यक्रमका सभापति तथा एनसिसि चीनका अध्यक्ष रोहित अग्रवालले नेपालको पर्यटन प्रबद्र्धनका साथै जलवायु परिवर्तनको मद्दा लिएर भम्रण आयोजना गर्न लागेको प्रति मर्हजनलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै चीन भ्रमणको समेत निम्तो दिएका थिए ।
कार्यक्रम संचालक तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीले नेपालमा देखा परेको ग्लोबल वार्मिङको असर र नेपालको पर्यटनबारे जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा एनसिसि चीनका उपाध्यक्ष निर्मल चौलागाई, महिला संयोजक पुण्यवति सुवेदीका साथै अन्य कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, एनसिसि पपुवान्युगिनीका महिला संयोजक दुर्गा भवानी भट्ट लगायतका गैरआवासीय नेपाली अभियन्ताहरुको सहभागीता रहेको थियो ।
वि.सं.२०७९ पुस १० आइतवार १२:५२ मा प्रकाशित






























