back
CTIZAN AD

अर्थमन्त्रीमा पौडेलको चर्चा, सेयर बजारमा उछाल

वि.सं.२०७९ पुस ११ सोमवार

669 

shares

काठमाडौं । नयाँ सरकार बनेसँगै सेयर बजारमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार नेप्सेमा ५६.८६ अंकले बृद्धि भएको छ । ५६.८६ अंकले बढ्दा नेप्से १९२४.०७ अंकमा रोकिएको छ ।

उछाल आएको सेयर बजारमा चार वटा कम्पनीबाहेक सबैको मूल्य बढेको छ । वाणिज्य बैंक उपसूचक समूहमा ४२.७३ को बृद्धि भएको छ भने विकास बैंक उपसूचक समूहमा १५२.०५ अंकको बृद्धि भएको छ । त्यसैगरि, फाइनान्स उपसूचक समूहमा ९५.१९ अंकको बृद्धि भएको छ भने होटल तथा पर्यटन उपसूचक समूहमा ६१.१९ अंकको बृद्धि भएको छ ।

त्यसैगरि, जलविद्युत उपसूचक समूहमा १००.०९ अंकको बृद्धि भएको छ भने लगानी उपसूचक समूहमा २.२९ अंकको बृद्धि भएको छ । जीवन बिमा कम्पनी उपसूचक समूहमा २५२.१० अंकको बृद्धि हुँदा निर्जिबन बिमा उपसूचक समूह २५७.६२ अंकले बढेको छ ।

उत्पादनमूलक उपसूचक समूहमा ११८.८१ अंकले बढ्दा लघुवित्त उपसूचक समूहमा ११८.८१ अंकले बढेको छ । त्यसैगरि सामूहिक लगानी कोष उपसूचक समूहमा ०.२४ अंकको बृद्धि हुँदा व्यापार उपसूचक समूहमा ५६.५६ अंकको बृद्धि भएको छ ।

सबैजसो उपसूचक समूहमा हरियाली छाउँदा अन्य उपसूचक समूहमा भने ३४.६६ अंकको गिरावट आयो ।

सोमबार दुई अर्ब ९ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ । दुई अर्ब बढीको कारोबार हुँदा ५६ लाख ५३ हजार कित्ताभन्दा बढी सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

दुई साता अघि १९३६ मा पुगेको नेप्से निरन्तर ओरालोमा थियो । नयाँ सरकार गठनसँगै नेप्सेमा हरियाली छाएको हो । विशेषतः अर्थमन्त्री को बन्छ भन्ने जिज्ञासाका बीच नेप्सेमा उत्साह छाएको देखिन्छ ।

अहिले गठबन्धनमा एमालेका नेता विष्णु पौडेलको नाम अर्थमन्त्रीको रुपमा चर्चामा छ । यसअघि उनी अर्थमन्त्री बन्दा सेयर बजार बुलिस भएको थियो ।

वि.सं.२०७९ पुस ११ सोमवार १५:२२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...