back
CTIZAN AD

आज पुस १३ गते बुधबार, हेनुहोस् राशिफल, कस्तो छ त तपाईको आजको दिन ?

वि.सं.२०७९ पुस १३ बुधवार

660 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। अड्किएको रकम उठ्नेछ र धन संग्रह पनि हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। कम महत्त्वका काममा अल्झनुपर्दा योजना समयमा सम्पादन नहुन सक्छ। स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम रोकिएला। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। सफलता भने न्यून मात्र हातलागी हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। परिस्थितिवश काममा बाधा हुनेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। अवरोध पुर्याउनेहरू सक्रिय रहे पनि शुभचिन्तकहरूले साथ दिने हुँदा आँटेको काम बन्नेछ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने समय छ। टाढिएका साथीभाइ पनि नजिकिनेछन्।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर जुटे पनि अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले निराश तुल्याउन सक्छ। अध्ययनमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ, लेखनमा निखारता आउनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकोे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानो प्रयासले नै काम बन्नेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।

२०७९ पुस १३ गते, बुधवार, (२८ डिसेम्बर २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज मंगलबारको राशिफल भन्छ–आज कुम्भ लगायतका ६ राशिका व्यक्तिलाई हुनेछ शुभ !

वि.सं.२०७९ पुस १३ बुधवार ०७:०८ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...