सुरेशकुमार पान्डे, दाङ
बिदेश जानेहरूको पेला पेल छ देशमा,
युवा बिहीन छ बिकास फेल छ देशमा ।
महंगो खाद्यान उत्पादन सून्य देश भयो,
न पेट्रोल–डिजल न खाने तेल छ देशमा ।
सरकार त जस्ले चलाए पनि फरक छैन,
उखान टुक्कामै जहाज र रेल छ देशमा ।
ठुला दलले सधैभरी गर्छन् भ्रमको खेती,
नागरिकको भविस्य सँग खेल छ देशमा ।
हाम्रै देशमा अपराधीलाई उनमुक्ती हुन्छ,
सोझा निर्दोष थुन्ने बनेको जेल छ देशमा ।
के आसगर्छौ जनता देशनै अचानो बनाए,
अहिलेपनि उस्तै सरकार वेमेल छ देशमा ।
वि.सं.२०७९ पुस १६ शनिवार ०८:५३ मा प्रकाशित






























