दिनेशकुमार शर्मा, हेटौडा
१.
अग्ला हिमाल
असाध्यै राम्रो
देश नेपाल ।
२.
हिउँ पो झर्छ
सेतै छ भूमि
कस्तुरी चर्छ !
३.
ढिडों पोसिलो
नेपाली माटो
सधैं रसिलो !
४.
सत्ताका भोका
देश माथि नै
नदिनु धोका ।
५.
खाई न पाई
बुढो गोरूले
ओगट्यो गाई !
६.
सुझाव सानु
मेहनतको
कमाइ खानु ।
७.
फोका पानीको
सपना मिठो
जिन्दगानीको ।
८.
पुसको जाडो
नाडी माथिको
रौ भयो ठाडो ।
९.
पसिना मिठो
अमृत बन्छ
मकैको पिठो ।
१०.
कस्तो विचित्र
तिम्रो आँखामा
मेरो पो चित्र ।
वि.सं.२०७९ पुस १६ शनिवार ०८:४७ मा प्रकाशित






























