back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ पुस १६ शनिवार

864 

shares

सुर्य भोमी, काठमाडौं 


मेरो जीवन
कथा जस्तै रहेछ
पिडा उस्तै छ ।


बाँच्न गार्हो भो
सोझाको होइन यो
भिन्न संसार ।


साथी सँगिनी
सबै देख्छु सुखमा
आफू दुखमा ।


अतित मेरा
आमाको त्यो ममता
मात्र सम्झना ।


सिक्दैछु मिली
हाँस्न र रमाउन
दुःख अँगाली ।


सुख खोजेर
भौँतारी रहेछु म
आँशु पुछेर ।


बितेका क्षण
अविस्मरणीय भो
निर्दोष मन ।


दोषी बनेछु
बिना कुनै कारण
मौन समय ।


पाना कापीमा
सुख दुःख भर्नु छ
छैन है सीमा ।

१०
यात्रा रहेछ
नमेटिने थकाइ
दूर गन्तब्य ।

 

वि.सं.२०७९ पुस १६ शनिवार ०८:४४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...