सुर्य भोमी, काठमाडौं
१
मेरो जीवन
कथा जस्तै रहेछ
पिडा उस्तै छ ।
२
बाँच्न गार्हो भो
सोझाको होइन यो
भिन्न संसार ।
३
साथी सँगिनी
सबै देख्छु सुखमा
आफू दुखमा ।
४
अतित मेरा
आमाको त्यो ममता
मात्र सम्झना ।
५
सिक्दैछु मिली
हाँस्न र रमाउन
दुःख अँगाली ।
६
सुख खोजेर
भौँतारी रहेछु म
आँशु पुछेर ।
७
बितेका क्षण
अविस्मरणीय भो
निर्दोष मन ।
८
दोषी बनेछु
बिना कुनै कारण
मौन समय ।
९
पाना कापीमा
सुख दुःख भर्नु छ
छैन है सीमा ।
१०
यात्रा रहेछ
नमेटिने थकाइ
दूर गन्तब्य ।
वि.सं.२०७९ पुस १६ शनिवार ०८:४४ मा प्रकाशित






























