सुचिता काफ्ले, काठमाडौं
१
काँध थाप्ने शक्ति सँगाल्नु पर्छ
लाटाकोसेरो जस्तो भएर बस्नु हुँदैन
ढुँगोलाई पनि पगाल्नु पर्छ ।
२
धैर्यताको बानी बसाल्नुपर्छ
औकात साँच्नैनै देखाउने हो भने
आकाशको तारा खसाल्नुपर्छ ।
३
जरै देखि अन्ध विश्वास फाल्नुपर्छ
कोल्टे फेर्दै अगाडी बढेकोछ जमानाले
नया कुराको शुरूवात थाल्नुपर्छ ।
४
बैरीको सेखीलाई ढाल्नुपर्छ
चुपचाप सहेर बस्न हुँदैन कत्ति पनि
अघि अघि पाइला चाल्नुपर्छ ।
५
सकरात्मक सोंच पाल्नुपर्छ
अहम, ईर्ष्यालाई त्यागेर यो मनमा
अखण्ड ज्योति सधैं बाल्नुपर्छ ।
वि.सं.२०७९ पुस १६ शनिवार ०८:४२ मा प्रकाशित






























