back
CTIZAN AD

निर्वाचनको रणनीति बनाउँदै गोरखा काँग्रेस

वि.सं.२०७३ चैत २२ मंगलवार

822 

shares

२२ चैत, गोरखा । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस गोरखाले रणनीति बनाएको छ । कार्यबाहक जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सोमबार पार्टी कार्यालयमा बसेको बैठकले न्यौपानेको संयोजकत्वमा जिल्लास्थित निर्वाचन परिचालन समिति गठन गरेको छ ।
यस्तै, नेताहरु वेदप्रसाद काप्री, प्रेम खत्री, इमानसिं बस्नेत र जनार्दन अर्याल रहेको आर्थिक उपसमिति गठन भएको छ । काँग्रेसका नीति तथा कार्यक्रमबारेको घोषणापत्र तयार गर्न विश्वदेव श्रेष्ठको संयोजकत्वमा जिल्लास्तरीय घोषणा पत्र तयारी समिति गठन भएको छ । समितिमा आवश्यकता अनुसार सदस्यहरु पछि थप गर्ने काँग्रेसले जनाएको छ ।

निर्वाचनका लागि प्रचार समिति पनि गठन गरिएको छ । जिल्ला सदस्य नारायण लामिछाने नेतृत्वमा गठन भएको समितिमा बलराम खड्का र ललिता अधिकारी सदस्य छन् । बैठकले भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणमा अनुदान दिन ढिलाइ भइरहेको भन्दै छिटो अनुदान रकम दिन आग्रह गरेको छ ।

यस्तै, निजी अनुदान पाउनबाट वञ्चित रहेका, छुटेका वास्तविक भूकम्पपीडितलाई अनुदान दिने प्रक्रिया छिटो सुरु गर्न सरोकारवाला निकायलाई काँग्रेसले आग्रह गरेको कार्यबाहक सभापति न्यौपानेले जानकारी दिनुभयो । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई उचित मुआब्जा दिन र पुनर्वासको टुङ्गो लगाउन काँग्रेसले आग्रह गरेको छ ।

आउँदो वैशाख ७ गते गोरखा, पालुङटार नगरपालिका र नौ गाउँपालिकासहित वडाहरुमा उम्मेदवार चयन गरिसक्ने काँग्रेसले जनाएको छ । वडा कार्यसमितिले छानेका उम्मेदवार क्षेत्र पठाउने र क्षेत्रीय कार्यसमितिले उपलब्ध गराएका उम्मेदवारको सूची जिल्ला कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउने तयारी कांग्रेसको छ ।

वि.सं.२०७३ चैत २२ मंगलवार ११:५८ मा प्रकाशित

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...