back
CTIZAN AD

निर्वाचन जर्बजस्ती गरिए मुलुकका लागि दुर्भाग्यपूर्ण –  अध्यक्ष यादव

वि.सं.२०७३ चैत २२ मंगलवार

978 

shares

upendra yadav

२२ चैत,लहान  । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम सिरहाद्वारा आज लहानस्थित पशुपति माविको प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यथास्थितिमा चुनाव हुनै नसक्ने र जर्बजस्ती गरिए मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताउनुभयो ।

अध्यक्ष यादवले जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या निर्धारण, राष्ट्रियसभाको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुखले मत हाल्न पाउने व्यवस्था खारेजी तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको व्यवस्थासहित मधेसी मोर्चाले उठाएका माग सम्बोधन हुनेगरी संविधान संशोधन नभएसम्म चुनाव हुन सक्दैन भन्नुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “संविधानमै भएको व्यवस्थालाई समेत मिचेर दलीय भागबण्डाको आधारमा स्थानीय तह कब्जा गर्ने षड्यन्त्रअनुसार चुनावको हल्ला गरिँदैछ, त्यो हामी मान्दैनौँ ।” रासस

वि.सं.२०७३ चैत २२ मंगलवार १६:१६ मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...