back
CTIZAN AD

दसैँअगावै आयोजना सम्पन्न गर्न लेखा समितिको निर्देशन

वि.सं.२०७३ चैत २२ मंगलवार

774 

shares

 २२ चैत,काठमाडौँ । व्यवस्थापिका–संसद् लेखा समितिले आगामी दसैँअगावै मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न गर्न खानेपानी तथा सरसफाई मन्त्रालय र आयोजनालाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा आयोजनाको काममा केही ढिलाइ भइरहेको र तोकिएको समयमा आयोजना सम्पन्न नहुने हो कि भन्ने चिन्ता आमरुपमा आएको भन्दै दसैँअगावै आयोजना सम्पन्न गर्न निर्देशन दिइएको सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै, समितिले मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा काठमाडौँ उपत्यकाभित्र भत्काइएको सडक मर्मत नभएको, धुलोका कारण आम जनजीवन प्रभावित भएको तथा सडक मर्मतमा ध्यान नदिएको भन्दै आयोजनाको ध्यानाकर्षण गराएको छ ।

समितिले आयोजनाको हालसम्मको आर्थिक अवस्थाको सम्पूर्ण विवरण उपलब्ध गराउनसमेत आयोजनालाई ध्यानाकर्षण गराएको छ भने निर्माण कार्यमा कुनै पनि सर्तमा पछाडि नपार्न र समयमा सम्पन्न गर्नसमेत निर्देशन दिइएको सभापति उपाध्यायले बताउनुभयो ।

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले दसँैअगावै आयोजनाको काम सम्पन्न गरिने र कुनै पनि बहानामा आयोजना पछाडि धकेल्ने काम नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले आयोजनाको केबल चार किलोमिटर मात्रै सुरुङ खन्ने काम बाँकी रहेको भन्दै ठेकेदारलाई पूर्ण क्षमतामा काम गर्न निर्देशन दिइएको र कामको गति बढेको जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ चैत २२ मंगलवार १६:२० मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...