back
CTIZAN AD

सडक निर्माणमा विलम्ब नगर

वि.सं.२०७३ चैत २३ बुधवार

684 

shares

sadak-2
काठमाडौँको आधाभन्दा बढी सडक निर्माणाधिन जस्तै भएको छ । मेलम्चीमा सुरुङको गति र आशाको प्रवेश बढेसँगै काठमाडौँका सडक बढी लथालिङ्ग भएका छन् । निर्माणका लागि पीडा सहनु पर्छ भन्ने मान्यतामा काठमाडौँ उपत्यकावासी बढी चुपचाप भएका हुन् । खानेपानीको पाइप बिच्छ्याउने काम करिब–करिब उत्तरार्ध तिर पुगेको बेला ढल विभागद्धारा फेरि ढल निर्माणका लागि सडक खनिने समाचार सार्वजनिक गरिएको छ । काठमाडौँमा सडक खन्ने काम सम्पन्न हुन अझै वर्षौं लाग्ने बताइएको छ ।

बत्तिमा लोडसेडिङ्ग हटेपछिको न्यानोलाई छायामा पार्नेगरी सडकबाट पीडा अशुलिएको भान नागरिकलाई भैरहेको छ । निश्चय पनि मेलम्ची आयोजनाले काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल) को संयोजनमा काम अघि बढाएको छ । खानेपानीको पाइप बिच्छ्याउने काम नगरी नगरवासीले पानी कसरी पाउँछन् भन्ने प्रश्न अब्बल र अहम भएपनि नागरिकको चौतर्फी बन्दोबस्ती र स्वास्थ्यमा राज्यको सरोकार रहनैपर्दछ । काठमाडौँ उपत्यकालाई धुँवा धुलोले सिंगार्न खोजे जस्तो गरी आयोजनाहरुले काम गरिरहेका छन् । पर्याप्त सूचना नदिई अचानक सडक खनिने परम्पराका कारण कतिबेला कुन रुटमा घण्टौँ कुर्नुपर्ने हो नागरिकलाई थाहा नै हुँदैन । सडकको जामबाट उत्पन्न अस्तव्यस्तताले उत्पादकत्वमा पर्ने असर त छँदैछ, त्यसबाहेक धुवाँधुलोबाट प्रभावित मानिसहरुको संख्याले स्वास्थ्यक्षेत्रमा समेत धक्का पु¥याउन थालेको छ । धुवाँधुलोका कारण पर्यटन उद्योग समेत नराम्ररी प्रभावित बनेको तथा पर्यटकहरुले नकरात्मक टिप्पणी बढाएको देखिन्छ ।

sadak-nirman

एकातिर अर्थमन्त्रीले विकासे पैसा खर्च हुन नसकेको दुखेसो पोखिरहेका छन् भने अर्कातिर रोजगारीको अभावमा मानिसहरुको लर्को बृद्धि हुने काम रोकिएको छैन । स्वास्थ्यमन्त्रीले धुलोकै कारण नागरिकहरु बिरामी परेको भनेर सार्वजनिक चिन्ता जाहेर गरेका छन् । सरकारका वरिष्ठ मन्त्रीहरुको यो चिन्ता आफ्नो लोकप्रिंयताका लागि हो की कार्यसम्पादनमा केन्द्रीत हो नागरिकहरुले व्यवहारमा जवाफ खोजेका छन् ।
विना समन्वय काम आँट्नु र जनशक्ति पहिचान एवम् तयारीमा ध्यान नपु¥याउनु नै यसका मुख्य कारण हुन् । खानेपानी तथा ढल निकासले समेत खानेपानी र ढलको काम सँगैसँगै गर्न सकेको छैन । खानेपानी–ढल, टेलिफोन जस्ता सडक खनेर परम्परा धान्नेहरुले आपसमा समन्वय पनि नगर्ने र बिग्रे बिग्रोस भनेर आफै रमिते हुने प्रक्रिया दोहो¥याउँदै आएका छन् । काममा जनशक्ति आकर्षण गर्ने, सकभर रातीमा काम गराउने, दिउँसोमा काम गर्नैपरे पर्याप्त सूचना र बैकल्पिक व्यवस्था गरेर मात्र काम थाल्ने अनि मिलेसम्म धुँवाधुलो कम गर्ने उपाय अबलम्बन गर्ने विषयमा सम्बन्धित आयोजनाहरुले ध्यान पु¥याउनै पर्दछ । सरकारले पनि यस्ता परियोजनाहरुमा बजेट खर्च सहज र सरल बनाएर शिघ्र काम गर्ने वातावरण बनाइदिनुपर्दछ । ट्राफिक जाम, पर्यटनमा बाधा र स्वास्थ्यमा पुगिरहेको तिव्र असर रोक्नका लागि शिघ्र निर्माण कार्य सम्पन्न गर्न जरुरी छ । सम्बन्धीत सरोकारवालाहरुको अबिलम्ब ध्यान पुगोस् ।

वि.सं.२०७३ चैत २३ बुधवार ०३:१५ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...