back
CTIZAN AD

उपसभामुखको निर्वाचन आज, इन्दिरा राना र मुक्ता कुमारी यादववीच प्रतिश्पर्धा हुँदै

वि.सं.२०७९ माघ ७ शनिवार

669 

shares

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकले उपभामुखको चयन गर्ने भएको हो ।

उपसभामुखका लागि सत्तारुढ गठबन्धन दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ईन्दिरा राना मगर र विपक्षी दलबाट मुक्ता कुमारी यादवबीच प्रतिश्प्रर्धा हुने भएको छ ।

राना मगरलाई उपसभामुख पदको उम्मेदवारी दर्ताका लागि रास्वपाकी सांसद सोविता गौतम प्रस्तावक र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्र प्रसाद लिङ्देनको समर्थन रहेको छ ।

त्यस्तै यादवलाई कांग्रेसका बद्री पाण्डे प्रस्तावक तथा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरीको समर्थन रहेको छ ।

राना र यादव दुवै जना समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाका सांसद हुन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले सभामुखमा सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमीरेलाई निर्वाचित गरेको थियो । त्यसलगत्तै उपसभामुख निर्वाचनको प्रक्रिया सुरु भएको थियो ।

वि.सं.२०७९ माघ ७ शनिवार १०:३६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...