Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

उपसभामुखको निर्वाचन आज, इन्दिरा राना र मुक्ता कुमारी यादववीच प्रतिश्पर्धा हुँदै



काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकले उपभामुखको चयन गर्ने भएको हो ।

उपसभामुखका लागि सत्तारुढ गठबन्धन दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ईन्दिरा राना मगर र विपक्षी दलबाट मुक्ता कुमारी यादवबीच प्रतिश्प्रर्धा हुने भएको छ ।

राना मगरलाई उपसभामुख पदको उम्मेदवारी दर्ताका लागि रास्वपाकी सांसद सोविता गौतम प्रस्तावक र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्र प्रसाद लिङ्देनको समर्थन रहेको छ ।

त्यस्तै यादवलाई कांग्रेसका बद्री पाण्डे प्रस्तावक तथा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरीको समर्थन रहेको छ ।

राना र यादव दुवै जना समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाका सांसद हुन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले सभामुखमा सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमीरेलाई निर्वाचित गरेको थियो । त्यसलगत्तै उपसभामुख निर्वाचनको प्रक्रिया सुरु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा