back
CTIZAN AD

कोपिला

वि.सं.२०७९ माघ ७ शनिवार

819 

shares

शारदा भण्डारी काफ्ले,विराटनगर हाल भोजपुर


अघि बिहे गरी ल्यायौ, पछि त नकार्याै,
भरोसाको पहाड, भत्कियो नि किन,सर्याै पर दिन दिन
झुटो माया भरी ल्यायौ, पछि त नकार्याै


पर पर सर्याै तिमी, आएँ वर वरै
म त तिम्रै जीवनी, काख तिम्रै हुँ त नि, कुरा झुटो हो र
झन् झन् पछि सर्याै तिमी, धाएँ वर वरै


मूल्य जति तिर तर, माया पाइँदैन
सही बाटो नहिँडे, बाधाहरु नगिँडे, होस् राखे है प्यारा
जीवन ज्योति तस्विरको, छाया पाइँदैन


देख्छु तिम्रो मुस्कानमा, हिमाल हाँसेको
मेरै देशको मायामा,यहीं छत्र छायामा, बाँचि राकै छौ र
हाम्रो माया साथ साथै, नेपाल हाँसेको


तिम्रोे साथ छुटेपछि, मै जाउँला मरी
यहीं वन पाखामा, संस्कार र भाकामा, युग युग खाकामा
हाम्रो साथ टुटेपछि, मै जाउँला मरी

लय : गुजमुजे (रोइला)

 

वि.सं.२०७९ माघ ७ शनिवार १०:०४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...