
शारदा भण्डारी काफ्ले,विराटनगर हाल भोजपुर
१
अघि बिहे गरी ल्यायौ, पछि त नकार्याै,
भरोसाको पहाड, भत्कियो नि किन,सर्याै पर दिन दिन
झुटो माया भरी ल्यायौ, पछि त नकार्याै
२
पर पर सर्याै तिमी, आएँ वर वरै
म त तिम्रै जीवनी, काख तिम्रै हुँ त नि, कुरा झुटो हो र
झन् झन् पछि सर्याै तिमी, धाएँ वर वरै
३
मूल्य जति तिर तर, माया पाइँदैन
सही बाटो नहिँडे, बाधाहरु नगिँडे, होस् राखे है प्यारा
जीवन ज्योति तस्विरको, छाया पाइँदैन
४
देख्छु तिम्रो मुस्कानमा, हिमाल हाँसेको
मेरै देशको मायामा,यहीं छत्र छायामा, बाँचि राकै छौ र
हाम्रो माया साथ साथै, नेपाल हाँसेको
५
तिम्रोे साथ छुटेपछि, मै जाउँला मरी
यहीं वन पाखामा, संस्कार र भाकामा, युग युग खाकामा
हाम्रो साथ टुटेपछि, मै जाउँला मरी
लय : गुजमुजे (रोइला)