back
CTIZAN AD

चीनमा काेराेनाकाे नयाँ लहर : ८० प्रतिशत मानिस संक्रमित

वि.सं.२०७९ माघ ८ आइतवार

1.1K 

shares

काठमाडाैं । चीनमा कोरोना भाइरसले भयानक रूप लिएको छ । यहाँको जनसङ्ख्याको ठूलो हिस्सा काेराेनाबाट सङ्क्रमित भएको छ । बताइएअनुसार चीनमा ८० प्रतिशत मानिस काेराेना संक्रमित भएका छन् । वैज्ञानिकहरूले संक्रमित थप बढ्ने अनुमान पनि गरेका छन् ।

चीनमा जनवरी २१ मा सुरु भएको नयाँ वर्षको बिदामा ठूलो संख्यामा मानिसहरु यात्रा गर्दैछन् । जसले गर्दा केही क्षेत्रमा थप संक्रमण बढ्न सक्ने बताइएकाे छ ।

ग्रामीण क्षेत्रको अवस्था खराब हुन सक्छ

चिनियाँ वैज्ञानिक वु जुनयोले काेराेना संक्रमणले ग्रामीण क्षेत्रको अवस्था खराब हुनसक्ने अनुमान गरेका छन् । नयाँ वर्षको बेला चीनका सहरका मानिसहरू आफन्तलाई भेट्न ग्रामीण इलाकामा जान्छन्। यस्तो अवस्थामा कोरोना रोकथामका लागि थोरै व्यवस्था भएकाले ग्रामीण क्षेत्रमा संक्रमण दर उच्च हुनसक्छ । अर्कोतर्फ, अर्का एक अधिकारीले चीनमा गम्भीर कोरोना संक्रमितको संख्या उच्च स्तर नाघेको बताएका छन् ।

६० हजार मानिसको मृत्यु भएको छ

चीनको आधिकारिक तथ्याङ्कअनुसार जनवरी १२ सम्म यहाँ ६० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । हालै चीनले यो तथ्यांक विश्व स्वास्थ्य संगठनलाई पठाएकाे छ । चीनले कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्नुको कारण शून्य कोभिड नीति फिर्तालाई लिएकाे छ । एजेन्सीबाट

वि.सं.२०७९ माघ ८ आइतवार १३:०६ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...