back
CTIZAN AD

रुकुमकी १३ वर्षीया बालिकासहित विभिन्न जिल्लामा नौ जना मृत फेला

वि.सं.२०७९ माघ ८ आइतवार

906 

shares

काठमाडौं । देशका विभिन्न जिल्लाका विभिन्न ठाउमा नौ जनाको शव फेला परेको छ ।

मृत भेटिनेमा रुकुमकी १३ वर्षीया बालिका, दाङका ७० वर्षीय वृद्ध, दार्चुलाकी २२ वर्षीया युवती, गोरखाका ६५ वर्षी पुरुष, गुल्मीका ७४ वर्षीय वृद्ध, मोरङका ५५ वर्षीय पुरुष, काठमाडौंका ३२ वर्षीय युवा, रुपन्देहीका ३० वर्षीय युवा र चितवनका ३२ वर्षीय युवा गरी नौ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–६ ज्यामिरेका कर्ण बहादुर बोहोराकी छोरी १३ वर्षीया धनिसा बोहोरा सोही नगरपालिका–६ कोट ज्यामिरे पाखामा शनिबार मृत भेटिएकी छन् । शुक्रबार बिहानदेखि बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त पाखामा शव फेला परेको हो ।

दाङ, घोराही उपमहानगरपालिका–८ सौडीगाउँ बस्ने ७० वर्षीय हिमलाल चौधरी सोही ठाउँ सौडी सोतास्थित जमेको पानीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै दार्चुला, शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी नदीको किनारामा सोही नगरपालिका–२ तौंकी बस्ने २२ वर्षीया धनमती भट्ट शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

गोरखा, सिरानचोक गाउँपालिका–४ ब्राहबिसेस्थित गोरेटो बाटो छेउमा सोही गाउँपालिका–४ माझगाउँ बस्ने ६५ वर्षीय सिताराम पोखरेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, मदाने गाउँपालिका–७ रोल्मा बस्ने ७४ वर्षीय सेते सार्की सोही ठाउँस्थित जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, सुनवर्षी नगरपालिका–९ भेरुवाथान बस्ने ५५ वर्षीय देविलाल सरदार आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, तारकेश्वर नगरपालिका–४ दगुर्नेपानीस्थित टहरोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, मायादेवी गाउँपालिका–७ बौरिहवास्थित माछा पोखरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, ईच्छाकामना गाउँपालिका–४ कुरिनटार धारापानीस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यी घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

वि.सं.२०७९ माघ ८ आइतवार १७:०६ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...