back
CTIZAN AD

अहमता घटाउन ओलीलाई आग्रह

वि.सं.२०७९ माघ ८ आइतवार

1.3K 

shares

बामपन्थी बृत्तमा अब नेपालको राजनीति सही ट्याकमा आउछ कि भन्ने बिश्वास बढेको थियो, तर दुर्भाग्य नै भनौं, ओलिको यो हाई हाई वहॉ कै कारण २४ धण्टा पनि टिक्न सकेन।

नयॉ संसदको पहिलो बैठकमा भूपु प्रम तथा एमाले अध्यक्ष केपी शर्मा ओलिले भाषण गर्नुभन्दा पहिले “ओलि जत्तिको दुरदृष्टी भएको नेता नेपालमा अरू केही छैनन्” भनेर निकै प्रशंसा भयो। एमालेले त आफ्नो नेताको प्रशंसा गर्ने नै भयो, तर अरू पार्टीका नेता कार्यकर्ता र नेपाली जनतामा पनि ओलि चतुर छन् भन्ने लागेको थियो। बामपन्थी बृत्तमा अब नेपालको राजनीति सही ट्याकमा आउछ कि भन्ने बिश्वास बढेको थियो, तर दुर्भाग्य नै भनौं, ओलिको यो हाई हाई वहॉ कै कारण २४ धण्टा पनि टिक्न सकेन।

नयॉ संसद बसेको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलिले बिगतमा आफूले दुइ दुई पटक संसद बिघटन गरेको बचाउ गर्नुभयो। सारा संसारलाई थाहा छ कि उहॉको त्यो गलत कदमले देशमा र पार्टीमा कत्रो बबन्डर भयो। कम्यूनिष्ट एकतामा आगो लगाइयो। देशको अर्थतन्त्र डामाडोल पारियो। देशमा अस्थिरता पैदा गरियो । बिदेशी शक्तिकेन्द्रलाई खेल्ने मौका दिइयो । यसैको कारण देशमा अनावश्यक आन्दोलन, अदालतको समय बर्बाद र देशको जनशक्तिको दुरूपयोग भयो। यति हुदा पनि एमालेका केही नेताहरू र अध्यक्ष ओलिमा बिगत प्रति पश्चाताप देखिएन।

सबैलाई बिश्वास लागेको थियो कि प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेर बिगतप्रति पश्चाताप गरेको हुनुपर्छ। यो काम राम्रो भयो भनेर अचम्म मान्दै बामपन्थीबृत्तमा आशा एवं बिश्वासको भ्रुण देखा परेको थियो। तर त्यो सबै आशा र बिश्वासमा क्षणभर भरमा अबिश्वासमा परिणत भयो। “बिगतमा मैले गरेको प्रतिगमन थिएन” भन्दै नयॉ सदनलाई गलत सन्देश दिन खोजियो। यही भाषणले माओवादी र एकिकृत समाजबादीलाई तर्सायो र कांग्रेसलाई प्रचण्डको सरकार प्रति नरम बनायो। फलस्वरूप देउवा निवास पुगेर बिश्वासको मत दिन आग्रह गर्नुपर्नेसम्मको बातावरण बन्यो र संसदको सबैभन्दा ठूलो दल कांग्रेसले पनि बिश्वासको मत दिने निर्णय गर्न पुग्यो।

अध्यक्ष ओलिले आफूले गरेको गलत कामको कही कतै पश्चाताप गरेको देखिएन। बरू वहॉमा अझ बढी अहमता देखियो। गलत कामको बचाउमा इतिहासमा घटेका खराब उदाहरण संसदको पहिलो दिन नै प्रस्तुत गर्न के जरूरी थियो ? जापान, नेपाल र बेलायतको उदाहरण दिदै बेमौसमको बाजा बजाउन आवश्यक थियो ? यस्ता गलत सन्देश दिने कुरा गरेर माओवादी र एकिकृत समाजबादी झस्कन पुगे। सिंगो संसदलाई तर्साउने काम गरियो।

राम्रो नराम्रो जे भएपनि अहिले नेपालको शासन व्यवस्था २०७२ सालको सम्बिधानले निर्देश गरेअनुसार चल्नु र चलाउनुपर्छ। हुन त संबिधानमा संसोधन गर्नुपर्ने धारा धेरै छन्। प्रदेशको संरचना भद्दा र खर्चिलो छ । यसमा बहस गरेर खर्च कसरी कटौती गर्नुपर्छ र देश बिकासमा बिकास बजेट बृद्धि गर्नुपर्छ। नियम क़ानून सबैलाई लागू हुनुपर्छ। देशमा राम्रो सिस्टम बसाउनुपर्छ। अहमताले कही कसैलाई फाइदा गर्दैन। २०४७ सालको सम्बिधानले प्रधानमन्त्रीलाई संसद बिघटन गरेर मध्यावधि चुनावमा जाने सक्ने अधिकार दिएको थियो तर २०७२ सालको नयॉ सम्बिधानले यो अधिकार कटौति गरेको छ। के यो कुरा एमाले अध्यक्ष केपी ओलि र एमाले जस्तो “जिम्मेवार पार्टीका” नेताहरूलाई थाहा थिएन र छैन ? देशको अर्थतन्त्र जोगाउन पनि मध्यावधि चुनाव गराउनु हुदैन र संसदको पूरै पॉच बर्षको कार्यकाल चल्नुपर्छ भनेर नै सम्बिधान नयॉ व्यवस्था गरिएको खियो। एमाले सिंगो पार्टी र सो पार्टीका अध्यक्षले गम्भिर आत्मसमिच्छा गर्न जरूरी छ।

(लेखक अर्याल सयुक्त नेपाली मोर्चा युरोपका पूर्व अध्यक्ष तथा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य हुन् ।)

वि.सं.२०७९ माघ ८ आइतवार १७:२० मा प्रकाशित

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...